रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
दुबई इन्टरनेसनल एयरपोर्टमा अवस्थित दुबई ड्युटी फ्रीमा कार्यरतहरु वीच हालै सम्पन्न भएको सौन्दर्य प्रतियोगिता ‘मिष्टर एण्ड मिस दुबई ड्युटी फ्री २०१६’ मा सबिना महर्जनले मिस दुबई ड्युटी फ्रीको ताज पहिरिन सफल भएकी छिन् ।

दुबई ड्युटी फ्रीमा सेल्स असिस्टेन्टका रुपमा कार्यरत सबिनाले सो प्रतियोगिताको मुख्य उपाधि सहित मिस वेष्ट इन नेसनल कस्ट्युम तथा मिस वेष्ट गाला अटाएरको अवार्ड पनि जित्न सफल भइन् ।
सविना महर्जन पहिलो संस्करणको मिस ज्यापु २०१२ प्रतियोगिताकी मुख्य उपाधि तथा मिस ट्यालेन्ट अवार्ड विजेता पनि हुन् । दुबई ड्युटी फ्रीमा कार्यरत सविनाले फ्लाइटेक इन्टरनेसनल एयरहोस्टेस् ट्रेनिङ एकेडेमीबाट एयरहोस्टेस् प्रशिक्षण प्राप्त गरेकी हुन् ।