हरेक वर्ष तीज भाकामा विविधता एवं नौलोपन पस्कन तथा समयअनुरूप गायनमा पनि अपडेट हुन बानी परेका गायिकाहरू कसरी हुन्छ तीज गीतलाई परिष्कृत गर्दै ल्याउने होडमा हुन्छन् ।
हिन्दू नारीको पर्व हरितालिका तीजलाई लक्षित गरी गायिका नित्याशिवाले ‘हातैमा रातो चुरा छन छन छन’ बोलको नया तीज गीत भिडियो सहित बजारमा ल्याएकी छन् । हरेक वर्ष तीज भाकामा विविधता एवं नौलोपन पस्कन तथा समयअनुरूप गायनमा पनि अपडेट हुन बानी परेका गायिकाहरू कसरी हुन्छ तीज गीतलाई परिष्कृत गर्दै ल्याउने होडमा हुन्छन् । तिनैमध्ये एक हुन्–गायिका नित्याशिवा ।
टीबी अधिकारीको गीत, शंकर अधिकारी घायलको संगीत संयोजनमा आएको यो गीत नित्याशिवाले आफ्नो युट्युब च्यानल मार्फत् रिलिज गरेकी छन् ।
नेपाली आधुनिक तथा लोक भाकामा समेत राम्रो दख्खल राख्ने नित्याशिवा गीत संगीतलाई आफ्नो जीवनको एक मात्र लक्ष्य लिएर हिँड्ने र जीवन नै गीत गायनमा समर्पण गर्ने बताउँछिन् ।
धादिङ सत्यदेवी खनियाँबासकी रमला पाख्रिन तामाङ ‘म्हेन्दोमाया’को लय सुन्दै हुर्किइन् । म्हेमे (हजुरबुवा), माम (हजुरआमा), आपा (बुवा) र आमाले गाउँघरमा हुने मेला, पर्व, जात्रा, ल्होछार तथा वनपाखामा गाएको गीत सुनेर उनी पनि गुनगुनाउन थालिन् ।