Successfully Copied

शोभा भट्टराई, हेल्दी होम, बुटवल

मोटोपन बढाउने तत्वहरू माछा, मासु, चिल्लो तथा मरमसला कम खाने, मैदा प्रयोग भएका परिकार नखाने, खानेकुरा सही तरिकाले खाने तथा दैनिक व्यायाम गर्ने बानी बसालेर शरीर तन्दुरुस्त राख्न सकिन्छ ।

मोटोपन किन कम गर्नुपर्छ ?

शरीरलाई स्वस्थ राख्न मोटोपन कम गर्नुपर्छ । मोटोपनकै कारण अनेकन रोग लाग्छन् ।

शरीरलाई तन्दुरुस्त राख्न के गर्नुपर्छ ?

मोटोपन बढाउने तत्वहरू माछा, मासु, चिल्लो तथा मरमसला कम खाने, मैदा प्रयोग भएका परिकार नखाने, खानेकुरा सही तरिकाले खाने तथा दैनिक व्यायाम गर्ने बानी बसालेर शरीर तन्दुरुस्त राख्न सकिन्छ ।

अल्ट्रासोनिक उपचार कस्तो उपचार हो ?

अल्ट्रासोनिक उपचार कोरियामा निर्माण भएको नेपालका सन्दर्भमा नवीन प्रविधि हो । यो प्रविधिको प्रयोगबाट शरीरका विभिन्न भागमा मसाज गरी शरीरमा रहेको कडाभन्दा कडा बोसो पगालिन्छ र त्यसरी पग्लिएको बोसो दिसा, पिसाब तथा पसिनाको माध्यमबाट शरीरबाहिर निकालिन्छ । यसबाट तुरुन्तै शरीरको वजन घटाउनुका साथै विभिन्न अङ्गको आकार मिलाउन सकिन्छ । यो प्रविधि डब्लुएचओ तथा एफडिएबाट प्रमाणित छ । यसले सजिलै तौल घटाउनुका साथै शरीरको मेटाभोलिज्मलाई सन्तुलनमा राख्न, चाउरीपन हटाउन तथा शरीर स्वस्थ एवं फुर्तिलो बनाउन सहयोग गर्छ ।

बीएमआई टेस्टले के देखाउँछ ? 

बीएमआई टेस्टले शरीरमा बोसोको मात्रा, पानीको मात्रा, मांसपेशीको मात्रा तथा दैनिक क्यालोरी पत्ता लगाउने काम गर्छ । यसले शरीरको मोटोपन, दुब्लोपन पत्ता लगाउन बडी कम्पोजिसन एनालाइसिस प्रविधिको माध्यमबाट जाँच गर्छ । सामान्यतया मानिसको बीएमआई १८ देखि २५ सम्मको अवस्थालाई सामान्य, २० देखि ३० सम्मको अवस्थालाई मोटो तथा ३० देखि ४० सम्मको अवस्थालाई बढी मोटो मानिन्छ । 

अल्ट्रासोनिक उपचारको कुनै साइड इफेक्ट छ कि ?

यसको कुनै पनि साइड इफेक्ट छैन ।

 

 Image