Successfully Copied

मिसावटी खाद्यपदार्थ बहिष्कार गरौं

हामी थुप्रै प्रकारका खाद्यपदार्थ उपभोग गर्छौं । हामी खानपानप्रति उदासीन पनि रहन सक्दैनौं । त्यसैले खानाप्रति सजग र सचेत हुनु आवश्यक छ । ताजा तथा विषादीरहित खाद्यपदार्थ उपभोग गर्नु नै बुद्धिमानी हुन्छ ।

हामी थुप्रै प्रकारका खाद्यपदार्थ उपभोग गर्छौं । हामी खानपानप्रति उदासीन पनि रहन सक्दैनौं । त्यसैले खानाप्रति सजग र सचेत हुनु आवश्यक छ । ताजा तथा विषादीरहित खाद्यपदार्थ उपभोग गर्नु नै बुद्धिमानी हुन्छ । सडेगलेका, फोहोर एवं मिसावटयुक्त पदार्थ उपभोग गर्दा झाडापखाला, टाइफाइड, हैजा, जन्डिस आदि रोग लाग्न सक्छन् । बासी, सडेगलेका तथा फोहोर मिसिएको खाना खाादा फुड प्वाइजनिङ हुन सक्छ र शरीर गल्न सक्छ । बासी मासु, मरेका जनावरको मासु, राम्रोसाग डिफ्रिज नगरिएको मासु खाादा बटुलेनम भनिने फुड प्वाइजनिङ हुने सम्भावना बढ्छ । कतिपय अवस्थामा धेरै बान्ता हुने र राम्रोसाग हातखुट्टा नचल्ने हुन्छ । बंगुरको मासु खाादा नाम्ले कीरा पर्ने सम्भावना हुन्छ । यसैगरी मिठाईंमा  हुने मिसावटले शरीरमा तत्काल कुनै असर नदेखिए पनि हानी भने अवश्य गर्छ । हुन त मिठाईं बनाउादा धेरै समयसम्म पकाइने भएकाले त्यसमा जीवाणु पनि आगोको तापक्रमसागै मरेर जान्छन् तर अखाद्य पदार्थ मिसाएर बनाइएको मिठाईं खाादा शरीरमा दीर्घकालीन रूपमा असर पुग्न सक्छ ।

मिठाईंमा मिसाइएको रंगले पेट तथा आन्द्रामा घाउन हुन सक्छ । मिठाईं बनाउन प्रयोग गरिने घिउमा जनावरको बोसो पनि मिसाइन्छ । बोसोले शरीरलाई हानी गर्छ । कतिपयले व्रतको दिन मिठाईं खाने हुादा धार्मिक आस्थामा बाधा पुग्छ । यस्ता मिठाईं खाादा मुटु रोग लाग्न सक्छ । यसमा क्यान्सर रोग लाग्न सक्ने तत्व समावेश हुन सक्छ । यसैगरी तोरीको तेल वा सनफ्लावरको तेलमा आलसको तेल मिसाइन्छ । यसले शरीर सुन्निन सक्छ । सागपात सफा नभए पेटमा जुका पर्ने सम्भावना पनि उत्तिकै हुन्छ । भविष्यमा मिर्गौला, कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले यस्ता खाद्यवस्तुबाट सचेत हुनुपर्छ ।

मिसावटयुक्त खाद्यपदार्थको सेवनले किड्नी बिग्रने, आाखाको ज्योति गुम्ने, क्यान्सर लाग्ने, कलेजो र फोक्सो बिग्रने खतरा हुन्छ । हैजा, टाइफाइड, क्यान्सर एलर्जी एवं पक्षघात हुने सम्भावना रहन्छ । यसैगरी बजारमा मनै लोभ्याउने फलफूल पाइन्छन् । झट्ट हेर्दा आकर्षक देखिए पनि त्यस्ता फलफूल खाादा स्वास्थ्यमा प्रतिकूल असर पुग्छ । केरा, मेवा, आाप, अम्बा आदिलाई समयअघि नै पकाउन कार्बाइड रसायन प्रयोग गरिन्छ । समयअघि पकाइएका यस्ता फलफूल स्वादरहित हुन्छन् र तिनमा पौष्टिक तत्व पनि हुादैन । नियमित रूपमा यस्ता फलफूल खाादा मुखमा घाउ हुने, वाकवाकी आउने, पखाला लाग्ने तथा पेटसम्बन्धी गम्भीर समस्या हुने एवं फुड प्वाइजनिङसमेत हुनसक्छ । यसैगरी फलफूलमा आर्सेनिक, फस्फोरस, क्याल्सियम कार्बाइड प्रयोग गरिन्छ । यस्ता फलफूल खाए क्यान्सर लाग्ने सम्भावना रहन्छ । फर्सी, काँक्रो, करेला, लौका तथा हरिया तरकारीलाई समयअघि ठूलो बनाउने अक्सिटोसिन प्रयोग गरिन्छ ।

तरबुजा–खरबुजालाई समयभन्दा अघि ठूलो तथा रातो बनाउने अक्सिटोसिन तथा सेकरिन नामक इन्जेक्सन लगाइन्छ । यस्ता खानेकुराले पुरुषलाई नपुंसक बनाइदिन्छन् । यसैगरी विषालु तेल, फलफूल र चियापत्तीले मिर्गाैलामा हानी पुर्‍याउनुका साथै आाखाको ज्योति गुम्ने, प्यारालाइसिस, नपुंसकता र क्यान्सर पनि हुन सक्छ । यस्ता मिसावटयुक्त खानेकुरा नियमित सेवन गरे गर्भपतन, अपाङ्ग बालबालिका जन्मने, महिलामा दाह्री–जुंगा आउने हुन सक्छ । त्यसैले जबर्जस्ती पकाइएका फलफूल खानु हुादैन ।

केराउ र पर्बलमा हरियो रंग, मासको दालमा कालो रंग, बेसारमा पिठो र पहेंलो रंग, महमा चिनी वा खुदो, नुन र चिनीमा चकको धुूलो, दूधको खुवामा पिठो, तोरीको तेलमा भटमासको तेल वा अखाद्य तेल मिसाइन्छ । यस्ता मिसावटयुक्त खाद्यपदार्थ सेवन गर्नाले किड्नी बिग्रने, आाखाको ज्योति गुम्ने, क्यान्सर लाग्ने, कलेजो एवं फोक्सो बिग्रने खतरा हुन्छ । उपभोक्तामा चेतनाको कमीका कारण खाद्यपदार्थ किन्दा लेवल नहेर्ने, गुणस्तरहीन वा अखाद्य पाइए पनि उजुरी नगर्ने प्रवृत्तिले गर्दा पनि बजारमा यस्ता खाद्यवस्तुको बिगबिगी बढेको छ । कतिपय व्यापारीले रातारात धनी हुने लालसामा जानाजान दूषित तथा मिसावटयुक्त पदार्थ उत्पादन एवं बिक्री गर्छन् । त्यसैले स्वस्थ तथा गुणस्तरीय खाद्यपदार्थको खोजी गरौं, मिसावटी चीजबीजको बहिष्कार गरी सचेत नागरिक बनौं ।

प्रस्तुति:डा. उन्मुक्ति पाण्डे, चावहिल

तस्विरहरु: नवराज वाग्ले

 Image