मामाघरको सपना
नीलो आकाशमा कपासजस्तो ढकमक्क छोपेको सेता बादलले दसैंलाई स्वागत गर्दै थियो । त्यही आकाशमुनि आजाद पन्छी भई आदित्य र असीम छुट्टीको आनन्द लिँदै थिए । रङ्गीबिरङ्गी चङ्गाहरू उसैगरी आकाशमा नृत्य देखाइरहेका थिए ।

नारी केन्द्रित मार्मिक कथा : फूलमाया
लेखक खगेन्द्र संग्रौलाको ‘फूलमाया’ उपन्यासले नारीलाई केन्द्रमा राखेको छ । ‘फूलमाया’ मा श्रीमान् लाहुर गएपछि श्रीमतीले तीनवटा लालाबाला हुर्काउन गरेको दु:ख र संघर्षको कथा छ । आजभन्दा २७ वर्षअघि लेखिएको फूलमायाले पश्चिम नेपाल बन्दीपुरको कथा प्रस्तुत गरेको छ । यद्यपि कथा जुनसुकै नेपाली समाजको जीवन्त तस्बिरसरह छ । ‘फूलमाया’ ले अत्याचार नसहने आँटिली नारीको चित्रण गरेको छ भने जीवनका उकाली–ओरालीमा आउने बाधाहरूलाई छिचोल्ने प्रयास नै सर्वोत्तम हो भन्ने सन्देश दिएको छ ।
भाषाको मिठास ‘फूलमाया’ को घतलाग्दो पक्ष हो । यो उपन्यासमा खगेन्द्र संग्रौला लजालु तथा मार्मिक कथावाचकका रूपमा देखा परेका छन् ।
पुस्तक : फूलमाया (उपन्यास)
लेखक : खगेन्द्र संग्रौला
प्रकाशक : अर्किड बुक्स
मूल्य : रु. २०० ।
–विनीता लुइँटेल