दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
बिजुली मसिनको निर्माण टिम दोयसँग राधा फिल्मकी अभिनेत्री सञ्चिता लुइँटेलबीच बृहत् छलफल तथा फिल्मका बारेमा विचार आदान–प्रदान गरेका छन् । बिजुली मसिन पछिल्लो समय एक सन्देशमूलक मात्र नभै समसामयिक कुराहरूको ज्वारभाटा बनेर चलचित्र क्षेत्रमा छाउने भएको छ । नेपालमा पहिलो पटक साइन्स फिक्सन जस्तो ओजन्दा विधा ल्याउने कार्यमा सोही अहिलेका जल्दाबल्दा युवाहरूको टिमले दमदार रूपमा प्रस्तुति गर्ने कुरालाई नेपालका लोकप्रिय कलाकार तथा निर्देशकको समेत बिजुली मसिनमा ध्यान केन्द्रित भएको छ । युवा पुस्ताको जोसिलो आँट र विज्ञान र प्रविधिमा अब्बल नयाँ पुस्ताले समग्र राष्ट्रकै लागि नयाँ चेतना र महत्व भल्काउन सकेकाले फिल्म रिलिज नहुँदै यतिबेला बिजुली मसिनका बारेमा चर्चा सर्वत्र हुन थालेको छ । आउँदो भदौ ३१ मा रिलिज हुने भए पनि अन्य फिल्मको जस्तो प्रचार–प्रसारमा त्यति नलागेको जोसिलो युवा टिम आफ्नो काम भरपर्दाे भएकाले फिल्मले राम्रो स्थान ओगट्न सफल हुने निर्देशक नविल अवाल बताउँछन् । यो फिल्ममा नयाँ नायिक रेलिजा श्रेष्ठको सशक्त अभिनया देख्न पाइनेछ । यसैगरी, चर्चित र निखारिएकी कलाकार लक्ष्मी भुषाल लामो समयपछि दमदार प्रस्तुति दिन सफल भएकी छिन् । महानायक राजेश हमाल न्यू लुक तथा अभिनयले प्रशंसा कमाउने पक्का छ । बिजुली मसिनका सबै कलाकारहरूले नेपालको चलचित्र नगरीमा ज्ञान र चेतनाको छाप छोड्न कुनै कसर नराखी मेहनत गरेकाले पनि यो फिल्मले सफलताको शिखर चुम्न सक्ने धेरै सम्भावना बोकेको छ ।


