पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।

ब्युटी थेरापिष्ट अहिलेको समयको निकै राम्रो पेसा हो । यसमा नाम तथा दाम दुवै छ । नेपालमा भन्दा यसको राम्रो स्कोप विदेशमा छ । हेर्दा सजिलो भए पनि ब्युटी थेरापिष्ट निकै चुनौतीपूर्ण पेसा हो । यसमा प्रत्यक्ष सेवाग्राहीसँग सम्बन्ध रहन्छ । आफूलाई प्राविधिक रूपमा पनि निकै सशक्त बनाउनुपर्छ । यस अन्तर्गतअनुहार, शरीर, खुट्टा, हात तथा नङसम्बन्धी सबै सेवा पर्छन् । साथै थेरापिष्टले लेखा, कुरा गर्ने शैली, व्यवहार तथा व्यस्थापकिय पक्ष सबैमा विचार पुर्याउनुपर्छ । त्यसैले गर्दा एक उत्कृष्ट थेरपिष्टका लागि राम्रो तालिम लिनु पनि आवश्यक छ । क्लारा इन्टरनेसनल एस्थेटिक कलेज विश्वमै ब्युटी थेरापीका लागि लोकप्रिय कलेज मानिन्छ । यसको नेपालमा भर्खरै हङकङ ब्युटी इन्स्टिच्युट सम्बन्धन लिएर आफ्नो तालिम सञ्चालन गरेको छ । नेपालकै पहिलो क्लारा इन्टरनेसनल एस्थेटिक कलेज पोखरामा सञ्चालित छ । नेपालकै पहिलो सर्टिफाइड ब्युटी थेरापी एकेडेमी हो । यसले हाल करिब २४ जना विद्यार्थीलाई अध्यापन गरिरहेका छन् । नेपाल बाहेक यसका ११ देशमा शाखा छन् । ७५ वर्ष पहिले डा. डार्टिन क्लाराको नाममा यो एकेडेमीको सुरुवात भएको हो । पोखरामा रहेको कलेज पनि विश्वव्यापी स्तरमा नै निर्माण गरिएको छ । यहाँको वातावरण तथा तालिम पनि अन्तर्राष्ट्रिय स्तरको नै छ ।