म्युजिक भिडियोमा उपासना
चलचित्र क्षेत्रमा स्थापित भइसकेको नाम हो उपासनासिंह ठकुरी । उनले थुप्रै हिट चलचित्र दिइसकेकी छन् ।

सुगन्ध यस्तो वस्तु हो जसले हरेकलाई आकर्षित गर्छ । सुगन्धित घरले होममेकरको सुन्दरताका साथै उसको रुचि एवं स्टाइल पनि झल्काउँछ । घरको इन्टेरियर तब पूर्ण मानिन्छ जब घर सुगन्धले मगमगाउँछ । घर सुगन्धित राख्ने चलन पुरानै हो । यसो गर्नुको कारण घरमा आउने अन्य गन्ध कम गर्नु पनि हो । पहिले सुगन्धका लागि घरबाहिर रातकी रानी, चमेली, रजनीगन्धाजस्ता बिरुवा लगाइन्थ्यो भने बदलिँदो समयसँगै स्थान अभाव, समय आदिका कारण कृत्रिम सुगन्ध प्रयोग गर्ने चलन बढेको छ ।
थरीथरीका होम फ्रेसनर
अगरबत्ती : घरलाई सुगन्धित तुल्याउन पहिलेदेखि नै अगरबत्ती प्रयोग गरिँदै आएको छ । आजभोलि बजारमा अनेकौं सुगन्धयुक्त अगरबत्ती उपलब्ध छन् जसलाई राम्रो होम फ्रेगरेन्सका रूपमा प्रयोग गर्न सकिन्छ । ज्यासमिन, चन्दन, गुलाब, देवदारु आदि प्राकृतिक सुगन्धमा उपलब्ध यस्ता अगरबत्ती पनि दुई प्रकारका हुन्छन् । यसलाई आफ्नो रुचि एवं सुविधाअनुसार छनोट गर्न सकिन्छ । पहिलो प्रत्यक्ष बाल्ने, जसमा अगरबत्ती स्टिकलाई सीधा जलाइन्छ । यसबाट वातावरण सुगन्धित हुन्छ । अर्को इनडाइरेक्ट बर्न जसमा फ्रेगरेन्स मेटेरियललाई मेटलको हट प्लेट वा आँचमा राखिन्छ, यसबाट पूरा घर सुगन्धित रहनुका साथै लामखुट्टे तथा झिँगा पनि कम हुन्छन् ।
फ्रेगरेन्स क्यान्डल्स : क्यान्डलको प्रयोग तिहारको झिलिमिलीमा मात्र नभई घरलाई सुगन्धित एवं रोमाञ्चक बनाउन पनि गर्न सकिन्छ । रंगीबिरंगी तथा सेन्टेड अगरबत्ती अनेकन आकर्षक डिजाइन, रंग तथा फ्रेगरेन्समा उपलब्ध छन् । यसबाट घरमा लसुन–प्याजको दुर्गन्ध पनि हट्छ ।
एयर फ्रेसनर्स : घरलाई सुगन्धित राख्न एयर फ्रेसनर्स स्प्रे प्रयोग गर्न सकिन्छ । यसबाट घरमा आउने दुर्गन्ध हट्छ । सुन्दर क्यान्समा उपलब्ध यी फ्रेसनर्सलाई भित्तामा झुन्ड्याउन सकिन्छ र यसमा लगाइएको बटन अन गरी घरमा सुगन्ध छर्न सकिन्छ ।
फ्रेगरेन्स पोटपोरी : आकर्षक प्याकिङमा उपलब्ध सुख्खा फूल तथा सुगन्धित सामानलाई घर सुगन्धित बनाउन प्रयोग गर्न सकिन्छ । यी प्याकेटबाट निस्कने सुगन्धले घरको वातावरण सुगन्धित एवं रोमान्टिक हुन्छ ।
रिड डिफ्युजर : अनेकन सुगन्धलाई बोतल वा कन्टेनरमा सेन्टेड आयल र रिड्सका रूपमा घरलाई सुगन्धित राख्न प्रयोग गर्न सकिन्छ । यो रिड डिफ्युजरलाई भान्सा, लिभिङ रुम, बेडरुम, बाथरुम जहाँ पनि राख्न सकिन्छ ।
बजारमा उपलब्ध रेडिमेड फ्रेगरेन्सबाहेक होममेड फ्रेगरेन्सबाट पनि घरमा सुगन्ध छर्न सकिन्छ ।
–बिहान–बेलुकी कोठाका झ्यालढोका खुला राख्नुपर्छ, यसो गर्दा ताजा हावा घरभित्र प्रवेश गर्छ ।
–घरवरिपरि प्राकृतिक सुगन्ध भएका फूलका बिरुवा रोप्नुपर्छ भने काँचको कुनै बाउलमा पानी भरेर ती फूललाई त्यसमा हाली सेन्टर टेबलमा राख्नुपर्छ । यसो गर्दा हावासँगै बग्ने ताजा सुगन्धले सम्पूर्ण घर सुगन्धित हुन्छ ।
–एसेन्सियल आयललाई एक कप पानीमा मिसाएर कुनै स्प्रे बोतलमा भरी एयर फ्रेसनरका रूपमा प्रयोग गर्न सकिन्छ ।
–वासवेसिनमा रंगीबिरंगी नेप्थेलिन बल्स हाल्नुपर्छ ।
–कपडाको आलमारीमा नेप्थेलिन बल्स फ्रेगरेन्स राख्नुपर्छ ।
–भान्सामा एग्जस्ट पंखा वा चिम्नी जडान गर्नुपर्छ ।
–घरका पर्दा वा कार्पेट समय–समयमा सफा गरिरहनुपर्छ ।