Successfully Copied

के घरपालुवाको कलेजो स्वस्थ छ ?

मानिसलाई जस्तै घरपालुवा जनावरलाई पनि कलेजोसम्बन्धी रोग लाग्छ । जसमध्ये कतिपय सामान्य हुन्छन् भने कतिपय ज्यानै लिनेसम्मका हुन्छन् । कलेजो शरीरको महत्वपूर्ण अंग मानिन्छ । यसले पाचन प्रक्रियादेखि शरीरभित्रका विकृतिहरू बाहिर निकाल्ने तथा रगतलाई स्वस्थ राख्नेसम्म काम गर्छ ।

मानिसलाई जस्तै घरपालुवा जनावरलाई पनि कलेजोसम्बन्धी रोग लाग्छ । जसमध्ये कतिपय सामान्य हुन्छन् भने कतिपय ज्यानै लिनेसम्मका हुन्छन् ।

कलेजो शरीरको महत्वपूर्ण अंग मानिन्छ । यसले पाचन प्रक्रियादेखि शरीरभित्रका विकृतिहरू बाहिर निकाल्ने तथा रगतलाई स्वस्थ राख्नेसम्म काम गर्छ । कहिलेकाहीँ समयमा लक्षण थाहा नहुँदा रोग निदान गर्न कठिन हुन्छ र घरपालुवाको मृत्युसमेत हुनसक्छ ।

के कारणले हुन्छ कलेजोमा समस्या ?

उमेर बढी भएका घरपालुवामा यस्ता समस्या देखापर्न सक्छन् । कहिलेकाहीँ वंशानुगत, कतिपय रोगहरू, कडा खाले औषधि (पीडा कम गर्ने), ढुसी लागेका खानेकुरा, अधिक मात्रामा बोसोयुक्त खानेकुरा, मधुमेह आदि पनि यसका कारण हुनसक्छन् ।

लक्षणहरू

–खान नरुचाउनु ।

–शरीरको तौल घट्दै जानु ।

–पातलो दिसा तथा बान्ता गर्नु ।

–दिसा–पिसाबमा रगत देखा पर्नु ।

–बढी मात्रामा पानी पिउनु ।

–पटक–पटक पिसाब गर्नु ।

–हिँड्दा शरीरको सन्तुलन बिग्रनु ।

–आँखा, जिब्रो तथा गिजा पाहेलो हुँदै जानु ।

–कमजोर देखिनु ।

–बेलाबेलामा छारे रोगको समस्या देखिनु ।

–पेटमा पानी जम्नु ।

 

समयमा रोग पहिचान भए घरपालुवा जनावरलाई कलेजोको प्राय: समस्याबाट जोगाउन सकिन्छ ।    

डा.शरद सिंह यादव

एडभान्सड पेट हस्पिटल

विशालनगर, काठमाडौं

 Image