रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।

११ वर्षअघि स्थापना भएको ओरियन बुटिकले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्ने उदेश्यले ‘द ओरियन फेसन शो–२०१६’ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ १० गते शुक्रवार यो फेसन शो आयोजना गरिने जानकारी गराइएको छ ।
आर्मी अफिसर्स क्लबमा आयोजना हुने उक्त फेसन शोमा १८ जना व्यवसायिक मोडलहरुले क्याटवाक गर्नेछन् । फेसन शोबाट संकलित रकम डाउन सिन्ड्रम सोसाइटी अफ नेपाल, बर्न भ्वाइलेन्ट सर्भाइभर्स नेपाल तथा बेबी लाइफ होमलाई प्रदान गरिने आयोजक संस्थाकी प्रमुख निलम शाही ठकुरीले बताएकी छिन् ।
अश्विनी झाले कोरियोग्राफी गर्ने उक्त फेशन शोमा आधा दर्जन नायिकाहरुले समेत क्याटवाक गर्नेछन् । नायिकाहरु श्वेता खड्का, सम्पदा बानियाँ, नीता ढुंगाना, अशिष्मा नकर्मीले फेसन शोमा सेलिब्रेटी वाक गर्नेछन् । फेसन शोमा ओरियन बुटिकका पहिरनहरु प्रदर्शन गरिनेछ । कोरियोग्राफर झाले फेसन शोमा डाउन सिन्ड्रम सोसाइटी अफ नेपालका बालबालिका तथा किशोर–किशोरी, बेबी लाइफ होममा आश्रित एचआईभी पिडित बालबालिका तथा बर्न भ्वाइलेन्ट सर्भाइभर्समा रहेका महिलाहरुले समेत पहिरन प्रदर्शन गर्ने बताए ।
मनोरञ्जनात्मक गतिविधिहरुसहितको उक्त फेसन शोमा करिव ७ सय दर्शकको अपेक्षा आयोजकले गरेको छ । फेसन शोमा विभिन्न चार वटा सिक्वेन्समार्फत पहिरन प्रदर्शन गरिने छ । फेसन शोको क्रममा सांगीतिक कार्यक्रम तथा नृत्यका कार्यक्रम समेत प्रस्तुत गरिनेछ ।