निर्वाचनमा महिला उपेक्षित
मुलुक चुनावमा होमिएको छ । यसैक्रममा प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा उम्मेदवारको मनोनयम प्रक्रिया सकिएको छ । मनोनयमा प्रत्यक्ष निर्वाचनतर्फ महिलाको प्रतिनिधित्व संख्या न्यून छ ।

विशेषता : रमणीय वातावरणमा हेल्थ केयर ।
कुपन्डोलस्थित हिमालयन होटलमा अहिले महिलाहरूका लागि लेडिज हेल्थ क्लब खुलेको छ । यहाँ बडी केयरका लागि स्पाका माध्यमबाट विभिन्न सेवा प्राप्त गर्न सकिन्छ । सहरी जीवनको काम, व्यस्तता एवं थकानबाट सिर्जित समस्या समाधान गर्न स्पा प्रभावकारी हुन्छ । यहाँ जिम, सोना, स्टिम, जापनिज स्टाइल हट पुल आदि उपलब्ध छन् । सुन्दर तथा शान्त वातावरणमा सञ्चालित हिमालयन लेडिज हेल्थ क्लब महिला स्वास्थ्यका लागि आवश्यक सेवा दिने उपत्यकाकै विशेष गन्तव्यमध्ये एक हो। बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म खुल्ने यो क्लबमा प्याकेज तथा दैनिक दुवै प्रकारको सेवा लिन सकिन्छ। एक वर्षको ८० हजारदेखि डेढ लाखसम्मको प्याकेज लिने सदस्यहरूलाई त्यहाँको रेस्टुरेन्टमा २० प्रतिशतसम्म छुटको व्यवस्था छ।