कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
नेपाली फेसनको नयाँ र ताजा अपडेटका साथ नेपाल फेसन हाउसले आगामी भदौ २४ गते थामी जातिको भेषभुषालाई मुख्य आकर्षण बनाई उनीहरूकै च्यारिटीका लागि फेसन एरा आयोजना गर्ने भएको छ । डिजाइन सिक्दै गरेका विद्यार्थीहरूका लागि प्लेटफर्म होस् भन्ने अभिप्रायले फेसन शो आयोजना गरिएको नेपाल फेसन हाउसकी विभू न्यौपानेले बताइन् । अरोमा फेसनको सहयोगमा हुने फेसन एरामा २० जना फेसन डिजाइनरको डिजाइन प्रस्तुत गरिनेछ । थामी जातिको सांस्कृतिक नृत्य तथा उनीहरूको हितमा आयोजित हुने यस फेसन शोमा १० वटा सिक्वेन्स प्रस्तुत हुनेछन् ।