‘चस्मा धेरै हराइरहन्छु’ दीपक घिमिरे, मोडल
अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरे केही समयअघि अमेरिकामा आयोजित ‘फेसन विक’ मा ‘क्याटवाक’ गरी चर्चामा आएका थिए । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

सान्द्रा पुन (सञ्चालक, ब्युटी क्लब भाटभटेनी र उडल्यान्ड कम्प्लेक्स दरबारमार्ग)
अम्रे हेयर के हो ?
कलरद्वारा केशलाई दिइने स्टाइललाई अम्रे हेयर स्टाइल भनिन्छ । यसले केशलाई स्टाइलिस्ट लुक्स दिनुका साथै आकर्षक पनि देखाउँछ ।
यो काम कसरी गरिन्छ ?
केही समयअघि विभिन्न रंगद्वारा पूरै केश रंग्याउने चलन थियो । यसो गर्दा जरासम्म कलर जाने सम्भावना रहन्थ्यो तर अम्रे हेयर स्टाइलका लागि केशको तल्लो भागमा मात्र कलर लगाइन्छ । माथि बेसमा हल्का र तल गाढा रंगले केशलाई पृथक् एवं चित्ताकर्षक देखाउँछ ।
यसबाट हुने साइड इफेक्ट्स के–कस्ता छन् ?
मुख्यत: कलर जरामा नपर्ने हुनाले यो हानिकारक छैन । हेयर कलरले छालामा छुँदा पोल्ने, चहर्याउने तथा एलर्जी हुने समस्या देखापर्नसक्छ तर अम्रे हेयर स्टाइलमा यस्ता समस्या भोग्नु पर्दैन । यसको कुनै साइड इफेक्ट छैन ।
यो हेयर स्टाइल कस्ता व्यक्तिलाई बढी सुहाउँछ ?
अम्रे हेयर स्टाइल लामो केश भएकाहरूलाई राम्रो देखिन्छ । छोटो केशको तुलनामा यो लामो केश भएकाहरूका लागि उपयुक्त मानिन्छ ।