‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
इन्दिरा गौतम, समाजसेवी

रामेछापमा जन्मिएकी इन्दिरा गौतम बाल्यकालदेखि नै पानीसँग खेल्न रुचाउँथिन् । उनी पानी पर्नेबित्तिकै घरबाहिर निस्कन्थिन् । गर्मीको नरमाइलो तथा पट्यारलाग्दो समयलाई वर्षाको पानीले निकै रमणीय बनाउँछ । धेरै नेपाली कृषिमा आश्रित भएकाले नेपालका लागि वर्षाको विशेष महत्व भएको गौतम बताउँछिन् । यतिबेला बढी वर्षा भए धेरै नेपाली बाढीपहिरोमा पर्ने चिन्ता पनि हुन्छ । भनेको समयमा कहीँ जान नसक्नु तथा सडक अवरुद्ध हुनुलाई उनी वर्षाको चिन्ता भन्छिन् तर पनि उनी समग्रमा वर्षालाई उन्मादको मौसम भन्न रुचाउँछिन् । सुख्खा मौसमलाई पानीले सिँचेपछि सबैतिर हरियाली छाउने भएकाले पनि गौतमलाई वर्षा मन पर्छ ।
मन पर्ने पक्ष
चिसो परिवेश ।
विविध परिकार बनाउने चाहना जागृत हुन्छ ।
सफा वातावरण ।
खडेरी तथा लोडसेडिङका दृष्टिले सहयोगी मौसम ।
मन नपर्ने पक्ष
पानी परेका बेला सडकहरू अवरुद्ध हुन्छन् ।
जताततै हिलो–मैलो हुने भएकाले सिकसिक हुन्छ ।