‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
सेन्टमेरिज स्कुलबाट एसएलसीसम्म अध्ययन गरेकी संगीता सिलवालमा पाइलट बन्ने चाहना थियो तर उनले अध्यापनलाई आफ्नो करियर बनाइन् । अंग्रेजीमा स्नातकोत्तर गरेकी संगीता हिमालयन कलेजकी निर्देशक हुन् । समय पाउँदा स्वीमिङ तथा ब्याटमिन्टन खेल्न रुचाउने सिलवाल समय व्यवस्थापन गर्न खप्पिस छिन् । सिलवाल आफ्नो सफलताको श्रेय आफ्ना बाबु, श्रीमान् तथा सन्ततिलाई दिन चाहन्छिन् । संगीता निक्कै व्यस्त भए पनि आफूलाई चिटिक्क सजाएर हिँड्न रुचाउँछिन् । १६ वर्षदेखि नेपालको शिक्षा क्षेत्रमा सक्रिय सिलवाल महिलाहरूको जीवन परिवर्तन गर्न शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउँछिन् ।
तस्बिर : श्रुति श्रेष्ठ
संयोजन : झरना नहर्की