अटल सौन्दर्यको पक्षमा
‘रजस्वलाको सुगन्ध’ निकै शक्तिशाली कविता हो । यसले सिंगो नारी समुदायको सपना र आवाजलाई प्रतिनिधित्व गरेको छ । प्रकृति र नारीबीचको सम्बन्ध र यसले समाजमा पार्ने प्रभावलाई उजागर गरेको छ ।
लाकार सीताराम कट्टेल (धुर्मुस) एवं कुञ्जना घिमिरे (सुन्तली) ले भुइँचालोले ग्रसित सिन्धुपाल्चोकका गाउँमा आफ्नै पहलमा नमुना बस्ती बसालेका छन् । उनीहरू अझै त्यही दौडमा छन् । यही सन्दर्भमा उनीहरूको कामसँग मेल खाने एउटा म्युजिक भिडियोमा धुर्मुस र सुन्तलीलाई देख्न सकिन्छ । डा. भीष्मकुमार भुसालको यो प्रण गीतमा अभिनय गर्दै उनीहरूले सबैलाई पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । उक्त म्युजिक भिडियोमा स्वरूपराज आचार्य तथा स्मिता दाहालले स्वर दिएका छन् ।