आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।
द पाटन प्याथ ल्याब केयर सेन्टर गत शुक्रवारबाट उपत्यकामा शुभारम्भ भएको छ । मधुमेह तथा थाइराइडजस्ता रोगहरूको निवारण गर्न स्थापित यो सेन्टरले नेपालमा पहिलो पटक नयाँ प्रविधिमार्फत उपचार गर्ने पद्धति समेत भित्र्याएको छ । द पाटन प्याथ ल्याबको उद्घाटन प्रमुख अतिथि पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेती सहित अतिथिहरू हास्य कलाकार, दीपकराज गिरी, दीपाश्री निरौला तथा आरपी भट्टराईले संयुक्त रूपमा रिबन काटेर गरे । ल्याबले अहिलेसम्म नेपालमा प्रयोगमा नआएको प्रविधिमार्फत सेवा प्रदान गर्ने भएकाले क्यान्सर वा भिटामिन डी जाँचका लागि भारतमाथिको निर्भरता हट्ने विश्वास द पाटन प्याथ ल्याबका सञ्चालक रेशम भट्टराईले व्यक्त गरे ।