कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
आउटलेट : ब्लु बर्ड
विशेषता : विविध प्रकारका लेहेंगा साडी तथा सराराहरूका लागि उपयुक्त गन्तव्य
नेपाली फेसनलाई पश्चिमा शैलीले गाँजेको भए पनि पारम्परिक पहिरनमा ठाँटिन रुचाउनेहरू पनि कम छैनन् । यही कुरा मनन गरी लेडी वर्डले विविध पारम्परिक परिधानको उत्पादन सुरु गरेको छ । यहाँ बलिउड कलाकारहरूले लगाउने शैलीका परिधान आफ्नो शारीरिक संचरनाअनुरूप तयार गरिन्छ । सबैखालका फेब्रिक तथा रंगका परिधान तयार पारिने लेडी वर्डमा अर्डर दिएको छोटो समयमै सामान डेलिभरी दिइन्छ । ब्लु बर्ड परिसरभित्र भएकाले यहाँ पार्किङको कुनै समस्या छैन । यहाँ ग्राहकहरूको बजेटअनुसार १० हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्मका परिधान तयार गरिन्छ । विशेषगरी विवाहका लागि बढी अर्डर आउने लेडी वर्डका साडी तथा लेहेंगाले ग्राहकहरूको मन जितेको सञ्चालिका सुष्मा गौतम बताउँछिन् ।