कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
आज लागू औषधविरुद्ध अन्तर्राष्ट्रिय दिवस विश्वभर विविध कार्यक्रम गरी मनाउँदैछन् । संयुक्त राष्ट्रसंघको आह्वानमा सन्. १९८७ देखि यो दिवस मनाउन थालिएको हो । ‘सबैभन्दा पहिला सुन’ भन्ने नारा तय गरिएको यो दिवसले लागू पदार्थको प्रयोग र अवैध व्यापारबाट समाजलाई मुक्त गर्ने अभियानमा विश्व समुदायलाई एकजुट हुन आग्रह गरेको छ । युवा तथा बालबालिकालाई लागू पदार्थ सेवनबाट बचाउन सबैभन्दा पहिले परिवार र समाजले उनीहरूको भावना बुझ्न र सुन्न आवश्यक रहेको कुरा नाराले जोड दिएको छ । विश्वका झण्डै ३ करोड लागू औषध प्रयोगकर्ता १५ देखि ६४ वर्ष उमेर समूहका रहेको राष्ट्रसंघको तथ्यांक छ ।