Successfully Copied

संयुक्त राष्ट्रसंघीय समिति सदस्यमा बन्दना राणा चयन

११ सदस्य रहने उक्त समितिमा उनी छैटौ नम्बरमा परेकी हुन् । समिति सदस्य हुन २६ देशका महिलाहरु प्रतिस्पर्धा गरेका न्यूयोर्कस्थित राष्ट्र संघीय नियोगले जानकारी दिएको छ । उनी तीन वर्षे कार्यकालका लागि छनौट भएकी हुन् ।

सञ्चारकर्मी हुँदै महिला अधिकार क्षेत्रमा लागेकी बन्दना राणा महिला विरुद्ध हुने विभेद अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसंघीय समिति सदस्यमा चयन भएकी छन् । गएराति भएको निर्वाचनमा राणा १ सय ६ मत पाएर विजयी भएकी हुन् ।

११ सदस्य रहने उक्त समितिमा उनी छैटौ नम्बरमा परेकी हुन् ।

समिति सदस्य हुन २६ देशका महिलाहरु प्रतिस्पर्धा गरेका न्यूयोर्कस्थित राष्ट्र संघीय नियोगले जानकारी दिएको छ ।

उनी तीन वर्षे कार्यकालका लागि छनौट भएकी हुन् । उनी सन् २०१७ देखि २०२० सम्म समिति सदस्य रहेने छिन् । उक्त समिति महिला विभेद अन्त्यको लागि काम गर्ने महत्वपूर्ण ठाउँ हो ।

नेपाल सरकारले समितिमा सदस्य बन्न उनको नाम सिफारिस गरेको थियो । यो विभेद अन्त्यको लागि सक्रिय रहन भन्दै सरकारले राणालाई १० लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।

यसअघि पनि नेपालले सपना मल्ल प्रधानलाई समिति सदस्यको लागि सिफारिस गरेको थियो । तर प्रधान विजयी हुन सकिनन् ।

 Image