Successfully Copied

जस्मिन हेल्थ क्लबका नीराेज लामासंग व्यायाम सम्बन्धी कुराकानी

यसको खास विधिभन्दा पनि शरीरको आकारअनुसार फरक–फरक व्यायाम गर्नुपर्छ । महिलाहरूको बडी सेप एप्पल, आवर ग्लास, पियर, बनाना आदि हुन्छन् । जसअनुसार व्यायाम पनि फरक–फरक हुन्छन् । शरीरको बनावटअनुसार शरीरका विभिन्न भाग टोन गर्नुपर्छ ।

व्यायाम किन जरुरी छ ?

दिनहुँ व्यायाम गर्दा श्वासप्रश्वासको गति बढ्छ जसले गर्दा फुर्तिलो महसुस हुन्छ । व्यायामले हृदयको मांसपेशीलाई स्वस्थ राख्छ । नियमित व्यायामले काम गर्ने क्षमता बढाउँछ । शरीरका हरेक अङ्गमा समान रक्तसंचार हुन्छ । व्यायामले शरीरलाई पनि कसिलो बनाउँछ ।

व्यायामका क्रममा कस्तो खाना खानुपर्छ ?

बढी प्रोटिनयुक्त खाना उत्तम हुन्छ । फलफूल, टुसा उमारिएका गेडागुडी, अण्डा, सलाद, दूध आदि पौष्टिक तत्व खानुपर्छ ।

कुन समयमा व्यायाम गर्नु प्रभावकारी हुन्छ ?

यसका लागि बिहानबेलुकीको समय उत्तम मानिन्छ । व्यस्त जीवन शैली भएकाले समय निकालेर जिम जान सकिन्छ तर टन्न खाएर व्यायाम गर्नु हुँदैन । व्यायामपछि तुरुन्तै पानी पिउनु पनि हुँदैन ।

व्यायामका लागि क्लब नै जानुपर्छ ?

हिजोआज होम जिम पनि खरिद गर्न सकिन्छ । क्लबमा ट्रेनरहरूको सुपरिवेक्षणमा तालिम दिइन्छ ।

घरमा तालिम दिने कोही हुँदैनन् तर घरमै व्यायाम गर्ने हो भने साइक्लिङ तथा ट्रेडमिल उपयुक्त हुन्छन् ।

व्यायामको कुनै खास विधि हु्न्छ   ?

यसको खास विधिभन्दा पनि शरीरको आकारअनुसार फरकफरक व्यायाम गर्नुपर्छ । महिलाहरूको बडी सेप एप्पल, आवर ग्लास, पियर, बनाना आदि हुन्छन् । जसअनुसार व्यायाम पनि फरकफरक हुन्छन् । शरीरको बनावटअनुसार शरीरका विभिन्न भाग टोन गर्नुपर्छ ।

 Image