‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।

उद्योग वाणिज्य संघ–चितवन र ईजी पिपुल काठमाण्डौको संयुक्त आयोजनामा शनिवार बृहद महिला उद्यमी तथा व्यवसायीहरुको भेला सम्पन्न भएको छ । संघको सभाहलमा सम्पन्न भएको सो भेला नेपाल उद्योग वाणिज्य महासंघकी कार्यसमिति सदस्य कमला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि श्रेष्ठले भेलालाई सम्वोधन गर्दै पहिलेको तुलनामा अहिले महिलाहरु आय आर्जनमा सक्रिय भईरहेको भन्दै अभैmपनि सन्तोष गर्ने अवस्था नरहेको बताउनुभयो । महिलाहरुले सबैलाई खुशी पार्ने प्रयास गरेतापनि आपूm कसरी खुशी बन्ने भन्ने तर्पm पनि विचार गर्नुपर्ने धारणा राख्नुभयो । महासंघकी महिला उद्यमी समितिकी सभापति समेत रहनु भएकी श्रेष्ठले महिलाहरुको केहि गरौं भन्ने प्रयास माथी जहिले पनि शंका भईरहने अवस्थालाई आगामी दिनमा अनिवार्य रुपमा अन्त्य गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा ईजी पिपुल काठमाण्डौकी झरना अधिकारीले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाई सशक्त बनाउने उद्देश्यले चितवनमा पहिलोपल्ट आफ्नो संस्थाको समेत संलग्नतामा यो कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो । भेलामा मकवानपुर उद्योग वाणिज्य संघकी महिला उद्यमी समितिकी सभापति निलम पाण्डे, ग्रिनल्याण्ड ईड्डलिश स्कूलकी प्रिन्सिपल ईन्दिरा कार्की र उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना सहित मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलामा श्रोत व्यक्तिको रुपमा रहनुभएकी लक्ष्मी भण्डारीले सहभागीहरुसंग प्रत्येक्ष रुपमा अन्तरक्रियाको माध्यमबाट सहजीकरण गर्नुभएको थियो । यसैगरी समृद्धि कन्सल्टिङ्ग एण्ड ट्रेनिङ्ग सेन्टरका प्रवन्ध निर्देशक चक्रपाणी तिमिल्सिनाले महिला उद्यमीहरुको उद्योग तथा व्यवसायको प्रवद्र्धनका लागि गर्न सकिने कार्यहरु माथी प्रकाश पार्नुभएको थियो ।
संघका कार्यक्रम अधिकृत दिपकराज विष्टले सञ्चालन गर्नुभएको सो भेलाको अन्त्यमा संघको कार्यसमिति सदस्य तथा महिला उद्यमी समितिकी संयोजक रजनी मास्केले धन्यवाद ज्ञापन गर्नुभएको थियो । महिला उद्यमी तथा व्यवसायीहरुको बृहद भेला संघका अध्यक्ष राजन गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।