मनमोहक राजकाँडा
उकालोमा हिँड्नुको दुःख, थोपाथोपा पानीका लागि तड्पिनुको पीडा र पहाडी भेगको चिसो सिरेटोले हानेको सबै दुःख बिर्साउने दृश्य थियो,राजकाँडाको ।
हामी आफ्नो घरपालुवालाई परिवारका अन्य सदस्यजत्तिकै माया गर्छौं । आफ्नो प्यारो घरपालुवालाई बुढेसकालले छोएको कसलाई मन पर्छ र ? तर पनि समयले कसैलाई छोड्दैन । हाम्रो सरदर बाँच्ने उमेर तथा घरपालुवाको बाँच्ने उमेर धेरै फरक हुन्छ । घरपालुवाको उमेर मानिसको उमेरसँग दाँज्ने हो भने उनीहरूको एक वर्ष बराबर हाम्रो सात वर्ष हुन्छ । यस हिसाबले जब उनीहरू सात–आठ वर्ष पुग्छन् उनीहरूको बुढेसकाल सुरु भैसकेको हुन्छ । सानो जातका कुकुर स्पिच, एप्सो, पमेरियन चिहुवा पुडल आदि दस वर्षपछि बुढेसकालमा प्रवेश गर्छन् भने ठूलो जातका ग्रेट डेन, म्यास्टिफ, सेट बर्नाड, ल्याबराडोर, जर्मन सेर्फड आदि सातदेखि आठ वर्षमा बुढेसकालमा प्रवेश गर्छन् ।
समय बितेको थाहै हुँदैन तर जब उनीहरू बुढेसकालमा प्रवेश गर्छन् तब हाम्रो घरको ज्येष्ठ सदस्यलाई जस्तै राम्रो हेरचाह, खानपान तथा औषधोपचारको आवश्यकता हुन्छ । बढ्दो उमेरसँगै उनीहरूको पनि शारीरिक क्षमता ह्रास हुँदै जान्छ । आँखा कम देख्ने, कान कम सुन्ने, हिँडडुल गर्न नसक्ने, केशको रंगमा परिवर्तन हुने समस्या उनीहरूमा पनि हुन्छ । मोटोपन, बाथ रोग, आँखा कम देख्ने, कान कम सुन्ने, दाँत तथा गिजामा समस्या, पिसाब चुहिने, थाइराइडजस्ता समस्याले घरपालुवालाई पनि पिरोल्छ । समयमै समस्या पहिचान गरे उनीहरूको आयु बढाउन सकिन्छ ।
समस्याको पहिचान कसरी गर्ने ?
वंशानुगत : खासगरी ठूलो जातका ल्याबराडोर, जर्मन सेर्फड, गोल्डेन रेट्रिभर, रौटवाइलर आदि कुकुरमा हिप डिस्पलेसिया (बाथ रोग) को समस्या बढी हुन्छ । यस्ता कुकुरलाई उठ्न र बस्न, हिँडडुल गर्न, भर्याङ उक्लन गाह्रो भएको थाहा पाउनेबित्तिकै चिकित्सकलाई देखाउनुपर्छ ।
धेरै दिनसम्म खोकी लाग्नु : औषधि गर्दा पनि खोकी निको नभए मुटुको समस्या हुन सक्छ । शारीरिक तौल अचानक घट्नु :सामान्य खानेकुरा खाए पनि शरीरको तौल घट्नु ठूलै समस्याको सुरुवात हुन सक्छ ।
खाना धेरै खानु, तौल नबढ्नु : यस्तोमा डाइबिटिज हुने सम्भावना बढी हुन्छ ।
धेरै पानी खानु र धेरै पिसाब फेर्नु : मिर्गाैलाको समस्यामा यस्तो हुनसक्छ ।
उठबस गर्न गाह्रो हुनु : बाथ रोग, (अर्थराइटिज) हिपडिस्पलेसिया हुन सक्छ ।
आँखा सेतो र धमिलो हुनु : आँखाको समस्या, क्याटराक्ट, ग्लुकोमाको सुरुवात हुनसक्छ ।
मुखबाट दुर्गन्ध आउनु : दाँत तथा गिजाको समस्या हुनसक्छ ।
कसरी स्वस्थ राख्ने ?
सात वर्ष कटेपछि प्रत्येक ६–६ महिनामा पशुचिकित्सकसँग सल्लाह लिने । पशुचिकित्सकको सल्लाहअनुसार दिसा, पिसाब तथा रगत जँचाएर मुटु, मिर्गाैला, कलेजो तथा अन्य घातक समस्याहरूको बेलैमा पहिचान गरी उपचार गराउन सकिन्छ ।
प्रत्येक वर्ष भ्याक्सिनहरू लगाउने, जुकाको औषधि ४–४ महिनामा ख्वाउने, किर्ना वा उपियाँको उपचार गर्ने । बढ्दो उमेरमा घरपालुवाले सजिलै पचाउन सक्ने खानेकुरा दिनुपर्छ । बोसोयुक्त खाना दिनु हुँदैन । खानामा प्रोटिनको मात्रा अवश्य हुनुपर्छ । कडा एवं चपाउन गाह्रो हुने खानेकुरा दिनु हुँदैन । खानासँग भिटामिन मिनरल आदि दिने । गुणस्तरीय पशु चिकित्सा तथा उपलब्ध सेवाका कारण अहिले मानिसजस्तै घरपालुवा जनावरको पनि औसत आयु बढ्दै गएको छ ।