Successfully Copied

किशोरीहरुका लागि ‘एभ्री लास्ट चाइल्ड’ अभियान

मुलुकमा सबैभन्दा पिछडिएका बालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणको अधिकारको उपभोगमा सहयोग पुर्‍याउन सेभ द चिल्ड्रेनले विश्वव्यापी ‘एभ्री लास्ट चाइल्ड’ अभियान सुरु गरेको छ । यो अभियान सन् २०१६ देखि २०१८ सम्म चल्नेछ ।

मुलुकमा सबैभन्दा पिछडिएका बालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणको अधिकारको उपभोगमा सहयोग पुर्‍याउन सेभ द चिल्ड्रेनले विश्वव्यापी ‘एभ्री लास्ट चाइल्ड’ अभियान सुरु गरेको छ । यो अभियान सन् २०१६ देखि २०१८ सम्म चल्नेछ ।

नेपालमा यो अभियान १३ देखि १८ वर्षका किशोरीहरुलाई विद्यालयमा नियमित बनाइरहन, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र घर र समाजभित्र संरक्षण दिलाउनमा केन्द्रित रहनेछ । अभियानको पहिलो चरण नेपालका ४ जिल्ला पूर्वमा सप्तरी, पश्चिममा कपिलवस्तु र सुदूर पश्चिममा अछाम र बाजुरामा केन्द्रित हुनेछ ।

बालविवाह, सानो उमेरमै गर्भधारण, तथा घर र विद्यालयमा हुने हिंसाले किशोरीहरुमा गहिरो असर पर्छ । यो प्रवृत्ति न्यून गर्न सरकार, नागरिक समाज, र विशेष गरी किशोरीहरुसँग नजिक भएर काम गर्ने योजना रहेको सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक डेलाइला बोर्जाले बताइन् । उनले भनिन्, ‘हामी हाम्रो राष्ट्रिय नीतिदेखि हामीले गाउँ–गाउँमा गर्ने काम किशोरीहरुलाई विद्यालयमा नियमित बनाउन, उनीहरुको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र सुरक्षित राखुन् भन्ने चाहन्छौं ।’

सन् २०१८ को अन्त्यसम्म यो अभियानले नेपालका ४ जिल्लामा विविध काम गरी किशोरीहरुलाई आफ्नो अधिकार माग गर्न सशक्तीकरण गर्नेछ । साथै यो अभियानले नेपालको राष्ट्रिय बजेटमा वालवालिकाको लागि शिक्षा, यौन तथा प्रजनन् स्वास्थ्य र संरक्षणमा छुट्याइने खर्चमा ५ प्रतिशत वृद्धिको लागि पैरवी गर्नेछ ।

यस अभियानको उद्घाटनमा नेपालका चर्चित व्यक्तित्वहरु तथा ठूलो संख्यामा उपस्थित सर्वसाधारणले नेपालका किशोरीहरुको हितमा आफूले कसरी योगदान गर्ने भनेर प्रतिज्ञा गरे । त्यसका साथै सूचना आदानप्रदान गरेर किशोरीले भोग्नुपर्ने राजनैतिक, सामाजिक र सांस्कृतिक बाधाहरु हटाउन विचार आदान–प्रदान गरे । अभियानको सुरुवात अघि सेभ द चिल्ड्रेनले चारै जिल्लामा अवस्था विश्लेषण गरेको थियो । जसमा बाल विवाह, सानो उमेरमै गर्भधारण, बसाइसराइँ तथा सामाजिक र सांस्कृतिक प्रचलनलाई किशोरीहरुले शिक्षाबाट वन्चित हुनुपर्ने कारण देखिएका छन् ।

 Image