अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औं शक्तिशाली महिला भएकी छिन् । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचीमा भण्डारी ५२ औं स्थानमा परेकी हुन् । फोब्र्सको शक्तिशाली सूचीमा नेपाली महिला पर्न सफल भएको यो पहिलोपटक हो । नेपालमा राष्ट्रपतिको पद सेरेमोनियल रहे पनि कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएको तथा लामो राजनीतिक अनुभव भएका कारण भण्डारीले राष्ट्रिय राजनीति तथा निर्णय निर्माणमा ठूलो प्रभाव पार्न सक्ने फोब्र्सले उल्लेख गरेको छ । महिला अधिकारकर्मी समेत रहेकी भण्डारीले संसदमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गराएको फोब्र्सले उल्लेख गरेको छ ।
जर्मन चान्सलर एन्जेला मर्केल लगातार छैटौं वर्ष सबैभन्दा शक्तिशाली महिलाको पहिलो नम्बरमा कायम छिन् । उनी अहिलेसम्म पटक पटक गरी दश पटक विश्वको सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् । दुनियाका सबैभन्दा शक्तिशाली एक सय महिलाको सूचीमा ५१ जना अमेरिकी महिला छन् ।