महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।

नेपाली गायन क्षेत्रमा २० वर्षदेखि अनवरत सक्रिय जोहेब मानन्धरले यो अवधीमा निकै आरोह–अवरोह भोगेका छन् । काठमाडौंको पकनाजोलमा जन्मिएका यी गायकसँग संगीतकै सेरेफेरोमा रही गरिएको संक्षिप्त कुराकानी :
गीत गाउन कहिले सुरु गर्नुभयो ?
बाल्यकालदेखि नै कविता कोर्न तथा बाचन गर्न मन लाग्थ्यो । रेडियो नेपालमा बाल कार्यक्रममा जान्थेँ । ५० को दशकमा मेरो एल्बम ‘ट्यालेन्ट’ रिलिज भयो र त्यसैले मलाई स्थापित गरायो ।
तपाईंको गीतको विशेषता के छ ?
मेरो गीतको शब्दमा मौलिकता हुन्छ । हरेक गीत फरक–फरक स्वादमा छन् । गीत विषयमा प्रवेश गरी बगेको हुन्छ ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
आफूले गाएका गीतको भिडियो तयार पार्न व्यस्त छु ।
नेपाली संगीत क्षेत्रमा आफ्नो छवी कस्तो छ जस्तो लाग्छ ?
म पृथक् तथा स्टाइलिस गायकको रूपमा चिनिएको छु ।
सांगीतिक क्षेत्रलाई कुन रूपमा लिनुभएको छ ?
म निरन्तर संगीत क्षेत्रमा लागिरहेको छु । २०५७ सालमा पहिलो इमेज अवार्ड हात पारेँ । ‘म यस्तो गीत गाउँछु’ बोलको गीत चर्चित बन्यो । सफलता साधानाबाट प्राप्त हुन्छ । संगीतलाई रहर पूरा गर्ने माध्यम मात्र बनाउनुहुदैन । संगीतमा साधनाको ठूलो भूमिका हुन्छ ।