व्यक्तिको मानसिकता उसको व्यक्तित्वमार्फत झल्कन्छ । विवेकी मानसिकताको परिणाममा सुन्दर व्यक्तित्व निर्माण हुन्छ । विकृत मानसिकताले मन कमजोर बनाउँछ । मन कमजोर छ भने जीवनमा सफलता प्राप्त गर्न सकिँदैन । सुन्दर मन भएको व्यक्ति जीवनमा सबैभन्दा ठूलो सफलताको हकदार हुन्छ । मन नै व्यक्तिको बल हो र मन नै उसको बलराम । यदि व्यक्ति मनबाट तनावमुक्त, प्रसन्नचित्त एवं शान्त छ भने जीवनको विकासमा उसको मनजस्तो ठूलो तथा उपयोगी तत्व अरू केही हुन सक्दैन । मनले नै व्यक्तिको वर्तमानलाई निर्माण गर्छ । मनस्थिति नै कुनै पनि व्यक्तिको भविष्यको आधारशिला हो । स्वस्थ मानसिकता नै जीवनको मेरुदण्ड हो । व्यक्तिमा जति मात्रामा उत्साह, उमंग एवं खुसी हुन्छ उसको जीवन त्यति नै सफल साबित हुन्छ । त्यसैले हरेक व्यक्तिले खुसी, धैर्य एवं तत्परताका साथ काम गर्नुपर्छ । कामभन्दा त्यसपछाडि रहने मानसिकता महत्त्वपूर्ण हुन्छ । सफलता आकाशबाट झर्ने कुरा होइन । भाग्य धर्ती चिरेर बाहिर आउादैन । सफलता त्यसले प्राप्त गर्छ जसलाई भाग्यले साथ दिन्छ । भाग्यले त्यसलाई साथ दिन्छ जो भाग्य प्राप्तिका लागि सधै परिश्रम गर्छ ।
व्यक्तिको शक्तिको परिचय स्वस्थ मानसिकताले गराउाछ । सुन्दर मानसिकता नै सही अर्थमा उसको शक्ति हो । जीवनप्रति उत्साहित हुनुपर्छ, सुखपूर्वक जीवन बिताउनुपर्छ । जसले जीवनलाई उत्सवका रूपमा सुखमय बनाउँछ उसको मृत्यु, मृत्यु नभै उसको जीवनको महोत्सव बन्न पुग्छ ।
आज सहरी जीवनको समस्या जति पारिवारिक र सामाजिक देखिन्छ, त्यो भन्दा बढी मानसिक छ । निराशा, चिन्ता, क्रोध, तनाव आदि समस्या असफलताका परिणाम हुन् । यसलाई हटाउन मनमा भएको हीन भावनालाई बाहिर निकाल्नुपर्छ । आफ्नो योग्यता एवं क्षमताको कम आँकलन गर्ने भूल कहिल्यै गर्नु हुँदैन ।
मनलाई निर्मल पारी उच्च सोचलाई स्थापित गर्नुपर्छ । संघर्ष, परिश्रम, लगनशीलताको बाटो अँगाली धैर्यपूर्वक, आत्मविश्वासका साथ निरन्तर कार्य गर्नुपर्छ । सफलता ढिलोचाँडो अवश्य प्राप्त हुन्छ । उच्च विचार राखौं, उच्च लक्ष्य सााचौं, दुनियाँ आफ्नै हुन्छ । जीवनप्रति अंगालिएको सकारात्मक दृष्टिले नै आत्मविश्वासलाई कायम राख्छ र यही आत्मविश्वासले सफलतालाई सुनिश्चित गर्छ ।