‘डग सो’ को रौनक
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।
कलाकार एरिना ताम्राकार महिलाहरूलाई आफ्ना कलामा उतार्ने सफल कलाकारका रूपमा परिचित छिन् । उनको तेस्रो आँखा शीर्षकको यो चित्रमा महिलाहरूको शक्ति तथा आत्मबल प्रतिबिम्बित छ । रातो रंगलाई मुख्य रंगका रूपमा प्रयोग गरिएको यो चित्रमा ५ जना महिलाको मुखाकृति कोरिएको छ । सबै मुखाकृतिको निधारमा तेस्रो आँखा राखिएको छ । यो चित्रले महिलामा हुने माया, प्रेम, जोस, इमान्दारिता एवं समर्पणको भावलाई सांकेतिक रूपमा प्रस्तुत गरेको छ ।