Successfully Copied

ट्यालेन्ट सोमा किड क्विनका प्रतिस्पर्धी

जेठ २२ गते हुने १४ औं किड क्वुन नेपाल २०१६ का प्रतिस्पर्धीहरुले शनिबार १९९९ एडी पार्टी प्यालेसमा प्रतिभा प्रस्तुत गरेका छन् । धेरैजसो प्रतियोगीहरुले नृत्य, गायन प्रस्तुत गरे भने केही प्रतियोगीले स्पिच पनि दिएका थिए ।

जेठ २२ गते हुने १४ औं किड क्विन नेपाल २०१६ का प्रतिस्पर्धीहरुले शनिबार १९९९ एडी पार्टी प्यालेसमा प्रतिभा प्रस्तुत गरेका छन् । धेरैजसो प्रतियोगीहरुले नृत्य, गायन प्रस्तुत गरे भने केही प्रतियोगीले  स्पिच पनि  दिएका थिए । मौलिक नृत्यका साथै आफूसँग भएको प्रतिभा सबैले प्रस्तुत गरे । मनीषा डंगोलले नेवारी गीतमा नृत्य गरिन् भने एन्जल राईले समसामयिक गीतमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । यसैगरी, कृष्णा दर्नालले  र रिद्दी श्रेष्ठले क्रमश: गणेश र बुद्धको प्रतिमा आर्ट गरे । नवोदित तिम्सिना र  सोनुका लामाले मन छुने गीत गाए । प्रतिभा सो राउण्ड मूल्याङ्कन गर्न सात जना जुरी एन्जल श्रेष्ठ, शोभा महर्जन, उज्वल कृष्ण श्रेष्ठ, जुना श्रेष्ठ, मञ्जु कार्की, लक्ष्मण महर्जन र रिना महर्जन उपस्थित थिए ।

यस अगाडि आयोजक नेप्लिज फेसन होमले आयोजना गरेको लाख बत्ती बाल्ने कार्यक्रममा किड क्विनका प्रतियोगीहरुलाई सहभागी गराएको थियो । आयोजकले प्रतियोगीहरुलाई  संस्कृति र परम्पराका बारेमा जानकारी गराउने हेतुले यस्तो कार्यक्रमको आयोजाना गरेको हो । १४ औं किड क्वुन नेपालका २० प्रतिस्पर्धीहरुबीच भिडन्त जारी छ ।  यसको अन्तिम परिणाम अर्थात् किड क्विन नेपाल २०१६ आगामी जेठ २२ गते सोमबारका दिन टुंगो लाग्नेछ ।

 Image