हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।

बालबालिकाको आदर्श उनीहरू आमाबाबु हुने गर्छन् । आमाबाबुले उनीहरूका अगाडि जस्तो व्यवहार गर्छन्, उनीहरू त्यसैको अनुकरण गर्छन् । त्यसकारण घरपरिवारमा सदैव रमाइलो र खुसियालीयुक्त वातावरण बनाउने कोसिस गर्नुपर्छ । यसको सकारात्मक प्रभाव बालबालिकाको व्यक्तित्व विकासमा देखा पर्छ । यस्तै कुनै बालबालिकाले राम्रो काम गरे उसलाई स्यावासी दिने तथा पुरस्कृत गर्ने तथा गलत काम गरे प्रेमपूर्वक सम्झाएर सही मार्गमा ल्याउने प्रयत्न गर्नुपर्छ । साथै आमाबाबुले बालबालिकालाई आफूहरू उनीहरूका असल शुभचिन्तक एवं साथी भएको र कहिल्यै अहित चाहँदैनन् भन्ने कुराको बोध गराउन सक्नुपर्छ । उनीहरूमाथि जबर्जस्ती आफ्ना कुरा लाद्ने प्रयास कदापि गर्नु हुँदैन बरु स्वाभाविक ढंगले व्यक्तित्व विकास हुन दिनुपर्छ । यसो गर्न सके आमाबाबुको दायित्व पूरा हुने मात्र नभै बालबालिकाको भविष्य पनि उज्ज्वल हुन्छ ।
समिता राजभण्डारी, कलंकी