Successfully Copied

धाख्वाको डिजाइनर घर

प्रत्येक कुनाको सजावटमा पर्याप्त मेहनत गरिएको यो घर हरेक कोणबाट उत्तिकै सुन्दर एवं सहज देखिन्छ । यो घरको इन्टेरियर फेसन डिजाइनर राजेश धाख्वा स्वयंले गरेका हुन् भने आर्किटेक्टको भूमिका श्रीमती पूनम धाख्वाले निर्वाह गरेकी हुन् ।

यूएन पार्क ज्वागलस्थित फेसन डिजाइनर राजेश धाख्वाको यो घर कम्पाउन्डले ७ आना जग्गा ओगटेको छ । ओपन कन्सेप्टमा बनाइएको यो घर ३ तहमा निर्मित छ । गाढा पहेंलो र सेतो रंगको थिममा निर्माण गरिएको यो घरको बाहिरी र भित्री भाग उत्तिकै आकर्षक देखिन्छ । माथिको छत तैलीय ईंंटाले पिरामिड आकारमा बनाइएको छ । घरको अगाडिको भागमा राउन्ड टेरेस छ, जहाँ थरीथरीका फूलका गमला छन् । हरेक तल्लामा सानो बरन्डा छ । घरको साइड फेसमा पनि त्यही आकारमा बरन्डा निकालिएको छ । घरको ३ लेबलपछि ३ स्टेपमा साना–ठूला कौसी छन् ।  पहिलो तह अर्थात् अन्डर ग्राउन्ड सेमी बेसमेन्ट १५ स्क्वायर फिटको हलका रूपमा छ, जहाँ वर्कसप एवं बुटिकको काम गरिन्छ । लेबल २ मा लिभिङ, डाइनिङ र किचेन छ । गेटभित्र पस्नासाथ प्यासेज छ जहाँ बाइक, गाडी पार्किङ एवं बालबालिकाहरूलाई खेल्ने ठाउँ छुट्याइएको छ । त्यसको पछाडिको भागमा सानो करेसाबारी छ । प्यासेजबाट मुख्य ढोकामा आउन सानो भर्‍याङ छ । काठको मूलढोकालाई कलात्मक बुट्टाले आकर्षक बनाइएको छ । भित्र छिर्नासाथ लबी, डाइनिङ तथा किचेन छ । लबीबाट एक तह तल गए लिभिङ रुम आउँछ । लिभिङ तथा डाइनिङलाई बारको र्‍याकले छुट्याइएको छ । डाइनिङ र किचेनलाई छुट्याउन बीच भागमा पारदर्शी पर्दा राखिएको छ । माथि भर्‍याङको आधा भागमा बाथरुम र दुईवटा कोठा छन् । यो हाफ भर्‍याङका कोठा वृद्ध आमाबुवालाई मध्यनजर गरेर बनाइएको हो, जसले गर्दा किचेन, लिभिङ र डाइनिङमा आउन–जान सजिलो हुन्छ । आधा भर्‍याङ चढेपछि मास्टर बेड रुम, बक्स रुम एवं चिल्ड्ेरन रुम पुगिन्छ । मास्टर बेड रुम ब्ल्याक एण्ड ह्वाइट थिममा सजाइएको छ । त्यसभित्र बक्स रुममा चिल्ड्ेरन रुम बनाइएको छ जुन निकै कलरफुल छ । कोठाका ढोकाहरू थिमअनुसारका इचिङ ग्लास प्रयोग गरेर अझ सुन्दर बनाइएको छ । त्यसको आधा तहमाथि होम थिएटर तथा पार्टीका लागि छुट्याइएको पोज रुम छ ।  प्रत्येक कुनाको सजावटमा पर्याप्त मेहनत गरिएको यो घर हरेक कोणबाट उत्तिकै सुन्दर एवं सहज देखिन्छ । यो घरको इन्टेरियर फेसन डिजाइनर राजेश धाख्वा स्वयंले गरेका हुन् भने आर्किटेक्टको भूमिका श्रीमती पूनम धाख्वाले निर्वाह गरेकी हुन् । 

 Image