Successfully Copied

बर्सेनि पानी संकट

नेपाल जलस्रोतको दृष्टिले धनी भए पनि पानीको संकट भने बर्सेनि बढ्दो छ । गत वर्षको भूकम्पपछि त अझ थुप्रै ठाउँका मूल सुकेकाले देशभर पानीको अभाव बेहोर्नु परिरहेको छ । राजधानी त अझ पीडित

नेपाल जलस्रोतको दृष्टिले धनी भए पनि पानीको संकट भने बर्सेनि बढ्दो छ । गत वर्षको भूकम्पपछि त अझ थुप्रै ठाउँका मूल सुकेकाले देशभर पानीको अभाव बेहोर्नु परिरहेको छ । राजधानी त अझ पीडित छ । जहाँ हरेक वर्ष घरको संख्या बढ्दैछ, जनसंख्या बढ्दैछ तर यहाँ पानीका विभिन्न स्रोत सुक्दैछन् । भएका पानीका स्रोतहरू पनि प्रदूषणका कारण प्राणीले उपभोग गर्न नमिल्ने अवस्थामा छन् । हरेक गर्मीमा उपत्यकाले पानीको संकट बेहोर्दै आएको छ । भूमिगत पानीको स्रोतले धेरै टेवा पुर्‍याइरहेको राजधानीको पानी आपूर्ति संयन्त्रलाई त्यसमा आएको समस्याले अझ नराम्रोसँग गाँजेको छ । उपत्यकामा दैनिक ३५ करोड लिटर खानेपानीको माग भए पनि त्यसको तीन गुणा कम मात्र आपूर्ति हुन सकेको छ । यस्तो कुरा सुन्दा राजधानीका बासिन्दा कसरी गुजारा गरिरहेका होलान् ? कहाली लाग्छ । यस्तो त्रासदी बेहोर्नुपर्दा राजधानी बसाइलाई धिक्कार्नु सिवाय के नै गर्न सकिन्छ र ? फेरि तत्काल यो समस्या समाधान हुने लक्षण पनि छैन । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना अपेक्षित रूपमा अघि बढ्न सकिरहेको छैन । अन्य कुनै हिसाबले स्रोत बढाउन पनि निकै कठिन छ, फेरि हामीकहाँ पानीलाई खेर नजाने गरी वा चुहावट नहुने गरी वितरण गर्ने संयन्त्र पनि प्रभावकारी छैन । पानी उपभोग गर्ने उपभोक्तामा पनि आवश्यक चेतनाको अभाव छ । यस्ता विभिन्न कारणले गर्दा उपत्यकाले व्यहोर्दै आएको पानीको समस्या हत्तपत्त समाधान हुने देखिँदैन ।

 

 Image