सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
हिजोसम्म चुलो चौकामा समित हुने र सामाजिक सिमानको चौघेरामा रहेका नेपाली समाजका महिला विभिन्न क्षेत्रमा आफ्नो नाम इतिहासमा कोर्न थालेका छन् । बेलायतमा अध्ययनरत नेपाली छात्रा सृजना गौतमले एसोसिएसन अफ चार्टट सर्टिफाएड अकाउन्टेन्ट्स (एसीसीए) परिक्षामा विश्वमै दोश्रो स्थान हासिल गरेर आफ्नो मातृभुमिकै गौरव बढाएकी छिन् । गत वर्षको जुनमा भएको एसीसीए प्रोफेशलन लेभलको परिक्षामा सहभागी विश्वभरका २१ हजार ३ सय ७ जना विद्यार्थीहरु मध्ये सृजना दोस्रो भएकी हुन् । उत्कृष्ट नतिजा हासिल गरेका कारण उनले नगद र पदक पुरस्कारसमेत प्राप्त गरेकी छन् । चितवन, भरतपुर उपमहानगरपालिका ६ लंकुकी स्थाई बासिन्दा सृजनाले ५ प्रोफेसनल लेभलको पेपरमा ३७८ अंक प्राप्त गरेर दोश्रो सर्बोत्कृष्ट स्थान प्राप्त गरेकी हुन् ।