नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।
अहिले डाइनिङ टेबल सहरी जीवनको अभिन्न अंग भएको छ । भान्सामै अथवा भान्सासँग जोडिएको नजिकैको खाना खाने स्थान वा डाइनिङ हलमा डाइनिङ टेबल राख्नु आधुनिक मध्यमवर्गीय नेपालीहरूको रुचि नै बनेको पाइन्छ । यो सोखबाट बिस्तारै अत्यावश्यक वस्तुका रूपमा परिणत हुँदै र नेपाली संस्कृतिसित पनि जोडिँदै गएकाले खाना खाने समयको अपरिहार्य साथी बन्न पुगेको छ । इन्टेरियर डिजाइनर सपना भुसाल भन्छिन्, ‘परिवारका सबै सदस्य सँगै बसेर कुराकानी गर्दै एकसाथ खाना खान मिल्ने सुविधा प्रदान गर्ने भएकाले डाइनिङ टेबलले परिवारलाई एक सूत्रमा बाँध्न मद्दत गर्छ तसर्थ डाइनिङ टेबल आकर्षक तथा आरामदायक हुनु आवश्यक छ ।’ बजारमा काठ, स्टिल, आल्मुनियम तथा सिसाका डाइनिङ टेबल उपलब्ध छन् । विभिन्न आकार एवं डिजाइनका डाइनिङ टेबलमध्ये कुनचाहिँ आफ्ना लागि उचित हुन्छ त्यही खरिद गर्नु उचित हुन्छ ।
गोलाकार डाइनिङ टेबल
गोलाकार डाइनिङ टेबल सदैव फेसनमा रहने हुँदा जहिलेसुकै नहिच्किचाई खरिद गर्न सकिन्छ ।
–यसले सम्भ्रान्तताको परिचय दिन्छ ।
–यो आधुनिक तथा परम्परागत कुनै पनि किसिमको इन्टेरियरमा सुहाउँदो हुन्छ ।
–यो ठूलो आकारको हुने भएकाले धेरैजसो व्यापारिक उद्देश्यमा प्रयोग गरिन्छ ।
–डाइनिङ रुम ठूलो छ भने त्यसका लागि सबैभन्दा राम्रो विकल्प राउन्ड डाइनिङ टेबल नै हुन्छ ।
खोल्न मिल्ने डाइनिङ टेबल
–सानो घरका लागि फोल्डिङ डाइनिङ टेबल उपयुक्त हुन्छ किनभने यसलाई आवश्यक परेका बेला प्रयोग गरी अरू बेला फोल्ड गरेर राख्न सकिन्छ ।
–फोल्ड गर्न मिल्ने भएकाले यसलाई सानै ठाउँ वा भित्तामा टाँसेर पनि प्रयोग गर्न मिल्छ ।
–यो पनि विशेष गरी व्यापारिक उद्देश्यका लागि प्रयोग हुन्छ ।
–मानिसहरूको रुचि, आवश्यकता एवं बजेटअनुरूप यो काठ, आल्मुनियम एवं स्टिल आदिमा उपलब्ध छ ।
चारकुने डाइनिङ टेबल
–सानो डाइनिङ रुमका लागि चारकुने डाइनिङ टेबल राम्रो विकल्प हो ।
–साना–ठूला हरेक साइजमा उपलब्ध हुने भएकाले यो हरेक प्रकारको डाइनिङ रुममा फिट हुन्छ ।
–सानो परिवारका लागि चारजना मात्र बस्न मिल्ने चारकुने डाइनिङ टेबल सबैभन्दा उपयुक्त हुन्छ ।
खण्डयुक्त डाइनिङ टेबल
–यो सानो घर तथा कहिलेकाहीँ मात्र डाइनिङ टेबल प्रयोग गर्ने परिवारका लागि सबैभन्दा उपयोगी हुन्छ ।
–तहतह हुने भएकाले यसमा काँटा–चम्चा आदि सामान राख्न सकिन्छ ।
–पहिले काठमा मात्र पाइने यस्ता डाइनिङ टेबल अहिले सिसामा पनि उपलब्ध हुन थालेका छन् ।