Successfully Copied

रामकुमारी झाँक्रीको नयाँ वर्ष रिजोलुसन

रामकुमारी झाँक्री, राजनितीज्ञ नयाँ वर्ष किन र केका लागि मनाइन्छ ? पहिले–पहिले स्कुल छुट्टी हुँदा त्यसै रमाइलो हुन्थ्यो । क्रमश: यो परम्परा बन्दै गयो । अहिले बितेका वर्षको स्मरण तथा आगामी वर्ष सफल होस् भन्ने कामनाका साथ आफूलाई नयाँ ऊर्जाका साथ अघि बढाउन नयाँ

रामकुमारी झाँक्री, राजनितीज्ञ

नयाँ वर्ष किन र केका लागि मनाइन्छ  ?

पहिले–पहिले स्कुल छुट्टी हुँदा त्यसै रमाइलो हुन्थ्यो । क्रमश: यो परम्परा बन्दै गयो । अहिले बितेका वर्षको स्मरण तथा आगामी वर्ष सफल होस् भन्ने कामनाका साथ आफूलाई नयाँ ऊर्जाका साथ अघि बढाउन नयाँ वर्ष मनाइन्छ ।

संकल्प किन लिनुहुन्छ ?

कुनै उद्देश्यका लागि संकल्प लिइन्छ तर राजनीति गर्ने मानिसले आफूले मात्र लिएको संकल्पले निजी मामिलाबाहेक टिमवर्कमा सफल भइन्छ भन्ने छैन । मैले आफ्नो ड्रिम बुकमा निश्चित कामको संकल्प लिने गरेकी थिएँ । 

आगामी वर्ष आफ्नो क्षेत्रमा के गर्न चाहनुहुन्छ ?

कतिपय पुराना काम र सम्बन्ध–सम्पर्क पातलिएका–छिरलिएका छन् । आगामी वर्ष तिनलाई नवीकरण गर्न चाहन्छु । प्रवासी नेपाली मञ्च युरोपको इन्चार्जका नाताले युरोपियन युनियनअन्तर्गत विभिन्न मुलुकमा छरिएर रहेका नेपालीबीच अधिवेशनद्वारा नयाँ नेतृत्व कायम गरी उनीहरूको ज्ञान, सीप, क्षमता, परिश्रम र पैसालाई नेपालमै लगानी गर्न प्रेरित गर्नेछु । 

आगामी वर्ष मुलुकले कस्तो निकास पाओस् भन्ने लागेको छ ?

२०७२ साल निराशाजनक रह्यो । संविधानलाई उत्साहका रूपमा स्वागत गर्न खोज्दाखोज्दै केही नकारात्मक प्रतिक्रिया पनि आए । आगामी दिनमा हामीले भूकम्पको धूलो टक्टक्याएर, नाकाबन्दीका अगाडि शिर ठाडो गरी स्वाभिमानपूर्वक अघि बढ्नुपर्छ । २०७३ सालमा संविधान कार्यान्वयन हुनुपर्छ । ०५४ सालदेखि आजसम्म स्थानीय निर्वाचन भएको छैन । स्थानीय जनतालाई मुलुकमा सरकार छ भन्ने बोध गराउन पनि स्थानीय निर्वाचन हुनैपर्छ । 

पूरा भएका संकल्पहरू ?

थालेका काम प्राय: पूरा भएका छन् । सबैभन्दा ठूलो कुरा स्कुले राजनीतिदेखि स्ववियु अध्यक्ष हुँदासम्मका सोच र इच्छा पूरा भएका छन् ।

 

 Image