Successfully Copied

नेपाली नागरिकताको प्रमाणपत्र सिरानीमा राखेर जीवन त्याग्न चाहाने बेलायती पत्रकार बारबरा एडम्सको निधन

५५ वर्षदेखि नेपाल बस्दै आएकी चर्चित बेलायती पत्रकार बारबरा एडम्सको ८६ वर्षको उमेरमा शुक्रबार निधन भयो ।

५५ वर्षदेखि नेपाल बस्दै आएकी चर्चित बेलायती पत्रकार बारबरा एडम्सको ८६ वर्षको उमेरमा शुक्रबार निधन भयो । 
एक अमेरिकी महिला बारबराले नेपाली भएर बाँच्न पाइयोस् भन्दै निवेदन लेखेकी थिइन् । ‘म नेपाली नारी भएर मर्न चाहान्छु, तसर्थ मेरो यो ७७ वर्षको उमेरमा अन्य इच्छा केही छैन शिवाय समुन्नत नेपाल हेर्ने ।’ उनले १० वर्षअघि लेखेको निवेदनमा भनेकी छिन्–‘तसर्थ यो जीवनको अन्तिम घडीमा नेपाली नागरिकताको प्रमाणपत्र सिरानीमा राखेर मर्ने मेरो मन छ ।’ निकै मनछुने तर छोटो निवेदनमा उनको नेपाल र नेपालीप्रतिको अगाध प्रेम झल्किएको छ । ‘भोलि म मर्दा एक अमेरिकन नागरिकको निधनको खबर नभई एक नेपाली नागरिकको निधनको खबर छापियोस् ।’ उनले लेखेकी छिन्–‘मेले व्यक्त गर्नुपर्ने भावना यही हो, अब मलाई नेपाली नागरिकता प्रमाणपत्र दिइयोस् ।’ 
ब्रिटिश महारानी एलिजाबेथ नेपाल भ्रमणको क्रममा नेपाल आएर यतै बसोबास गरिरहेकी एडम्सको ग्राण्डी अन्तर्र्रािष्ट्रय अस्पतालमा शुक्रबार बेलुका साढे ७ बजे निधन भएको थियो । पेटसम्बन्धी रोगबाट पीडित एडम्सलाई अस्पताल भर्ना गरिएको थियो । गत वर्ष बौद्धस्थित होटल ह्यातमा कार्यक्रममा सहभागी हुने क्रममा हृदयाघात भएपछि ग्राण्डी अस्पतालमा राखेर लामो समयसम्म उपचार गरिएको थियो । 
अमेरिकामै २५ वर्षअगाडि उनको ओपन हार्ट सर्जरी भएको थियो। न्युयोर्कमा जन्मेकी उनी राजा महेन्द्रका भाइ बसुन्धरासँग एलिजाबेथ भ्रमणमा आएका बखत भेट भएसँगै प्रेममा परेकी थिइन । उनीहरुले आपसमा विवाह गरे पनि त्यसले कानूनी रुप कहिल्यै पाएन । बसुन्धराको निधनपछि उनलाई पटक पटक देश निकाला गरियो । उनले पनि हिम्मत हारिनन् र आफ्ना प्रेमीले प्राण त्यागेकै मुलुकको माटोमा लिन हुने चाहना राखि नै रहिन् । लामो समयको संघर्षपछि उनले एमाओवादी अध्यक्ष प्रचण्ड र एमालेका नेता बामदेव गौतमको पहलमा २०६५ सालमा नेपाली नागरिकता प्राप्त गरेकी थिइन । उनलाई त्यसअघि राजपरिवारका सदस्यहरुले नागरिकता बनाइदिए अंश दिनुपर्छ भनेर असहयोग गरेका थिए । 
 
उनको नेपालमै मर्ने अन्तिम इच्छा थियो । मर्नुभन्दा अगाडि उनले सुदूरपश्चिमको डडेलधुरा, बैतडी र दार्चुलाको ग्रामीण बस्ती, दलित तथा गरिब नेपालीका लागि घर बनाउने अभियान सञ्चालन गरेकी थिएन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभागमा उनले आफ्नो नामबाट ‘बारबरा एडम्स खोज पत्रकारिता सम्मान’ समेत स्थापना गरेकी थिइन् । 
 

 Image