‘मेरा प्रश्न सकिएका छैनन्’
पुर्पुरो मेरो जीवनीमा आधारित र आफैंले भोगेका सत्य र महत्वपूर्ण घटनामा आधारित उपन्यास हो । यसमा घर, समाजले निम्न वर्गीय समूह, गरिब र असहायलगायत महिलालामाथि गर्ने व्यवहार चित्रण गरिएको छ ।
नयाँ वर्षको योजना के छ ?
हेटौंडामा परिवारसँग नयाँ वर्ष मनाउने योजना छ ।
यस क्षेत्रमा नयाँ के गर्दै हुनुहुन्छ ?
यही वैशाखदेखि नयाँ चलचित्रहरूमा पृथक् अभिनयका साथ देखा पर्दैछु ।
चलचित्र क्षेत्रमा अझ के–के कुरामा सुधार हुनु जरुरी छ ?
चलचित्र विकास बोर्डले नयाँ नियम बनाउनुपर्छ । कलाकार हुन, फिल्म बनाउन पनि मापदण्ड तोक्नुपर्छ । जस्तो पायो त्यस्तै चलचित्रलाई प्रदर्शन गर्न रोक लगाउनुपर्छ । फिल्म रिलिजको दिन पनि जुधाउन दिनुहुँदैन । २–३ दिन भए पनि फरक समयमा रिलिज गराउने नियम बनाउनुपर्छ ।
नयाँ वर्षको रिजोलुसन के छ ?
सबैसँग सजिलैसँग घुलमिल हुने र राम्रो चलचित्रको अफरमा मात्र देखा पर्ने ।
नयाँ वर्ष भन्नासाथ के सम्झनुहुन्छ ?
नयाँ ऊर्जा र केही गरौं भन्ने जोस ।