Successfully Copied

नयाँ वर्ष संकल्प

नयाँ वर्षलाई स्वागत गर्न पाउँदा खुसी लाग्छ । नयाँ वर्षको शुभ बिहानीमा परिवारसित कतै घुम्न वा पिकनिक जाने योजनामा छु ।

कमला श्रेष्ठ, समाचारवाचिका, हिमालय टेलिभिजन 

नयाँ वर्ष कसरी मनाउने सोचमा हुनुहुन्छ ? 

नयाँ वर्षलाई स्वागत गर्न पाउँदा खुसी लाग्छ । नयाँ वर्षको शुभ बिहानीमा परिवारसित कतै घुम्न वा पिकनिक जाने योजनामा छु । 

यो वर्ष समाजमा तपाईंको योगदान के रहला ? 

म दर्शकलाई देश–विदेशका ताजा समाचार सुनाउन लागिपर्नेछु । पहिले म एफमा आरजे थिएँ । यो वर्ष त्यो कामलाई पनि निरन्तरता दिन्छु । विशेष रूपले अशक्त व्यक्तिहरूका सम्बन्धमा काम गर्ने संस्थाका कार्यक्रममा निरन्तर सहभागी हुन्छु । गत वर्षभन्दा अझ बढी सशक्त भएर आफ्नो काममा लागिपर्छु । 

नयाँ वर्षमा संकल्प लिने गर्नुभएको छ ? 

नयाँ वर्षको आगमनसँगै मनमा बेग्लै खालको उत्साह प्राप्त हुन्छ । यद्यपि यही दिन पारेर कुनै संकल्प भने लिएकी छैन । नयाँ वर्षमा संकल्प लिएर मात्र हुँुदैन । त्यसलाई पूरा गर्न सक्नुपर्छ । प्रत्येक दिनलाई नयाँ दिनका रूपमा लिनुपर्छ । प्रत्येक क्षण खुसी भएर रम्न सके वास्तविक रूपमा त्यही नयाँ दिन हो । 

यो वर्ष व्यक्तिगत योजना के छन् ? 

आफूलाई परिमार्जित गर्छु । यही वैशाख महिनामा बहिनीको विवाह हुँदैछ । त्यसमा पनि व्यस्त हुन्छु  । पहिले एल्बम निकालेकी थिएँ । यो वर्ष पनि गीत–संगीतको क्षेत्रमा लाग्छु ।  

नयाँ वर्षमा पाठकहरूलाई के भन्नुहुन्छ ? 

गत वैशाख १२ गतेको भूकम्पले हामी सबैलाई धेरै दु:ख दियो । अब त्यस्तो दु:ख एवं पीडा कहिल्यै भोग्नु नपरोस् । 

 

 Image