Successfully Copied

तीन महिला राजदुतमा सिफारिस

सरकारले २१ वटा देशमा राजदुत नियुक्तका लागि शिफारिस गरेका मध्ये ३ जना महिला परेका छन् ।

 

सरकारले  २१ वटा देशमा  राजदुत नियुक्तका लागि शिफारिस गरेका मध्ये ३ जना महिला परेका छन् । बैठकले बेलायतका लागि दुर्गाप्रसाद सुवेदी क्षेत्री, चीनका लागि महेन्द्रबहादुर पाण्डे, जापानका लागि डा खड्ग केसी, जर्मनीका लागि रमेशप्रसाद खनाल  राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।सरकारले डा शिवमाया तुम्वाहाम्फेलाई इजरायल, सेवा अधिकारी लम्साललाई पाकिस्तान  र लक्की शेर्पालाई अष्ट्रेलियाका लागि राजदुतका लागि शिफारिस   गरेको हो । मंगलवार बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो । उहाँहरू मध्ये तुम्वाहाम्फे र शेर्पा राजनीति र लम्साल परराष्ट्रसेवाबाट हुनुहुन्छ ।

रसियाका लागि निरञ्जन थापा, बहराइनका लागि पदम सुन्दास, संयुक्त अरब इमिरेट्स (दुबई) का लागि भरतबहादुर रायमाझी, कतारका लागि डा महेन्द्र सिंह, इजिप्टका लागि झमिन्द्रप्रसाद अर्याल र बेल्जियमका लागि लोकबहादुर थापा हुनुहुन्छ ।त्यस्तै, डेनमार्कका लागि युगनाथ लम्साल, साउदी अरबका लागि अलि अफर मिकरानी, दक्षिण कोरियाका लागि युवराज कार्की, बङ्गलादेशका लागि खगेन्द्र बस्याल, श्रीलङ्काका लागि नारदनाथ भारद्वाज नियुक्त हुनुभएको छ ।

साथै, बाज्रिलका लागि ताराप्रसाद पोखरेल, म्यानमारका लागि ऋषिराम घिमिरे र अस्ट्रियाका लागि प्रकाशकुमार सुवेदी रहनुभएको छ भने ओमन अहिले खाली रहेको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

 Image