Successfully Copied

नयाँ वर्ष संकल्प

नयाँ कुरा, नयाँ जोस, नयाँ उमङ्ग, अर्कै खाले फुर्ती अनि घुम्ने–रमाइलो गर्ने मौका । यो परिवारसित भेट्ने सुनौलो अवसर पनि हो ।

मुना घिमिरे श्रेष्ठ, द्वितीय अपरेटर, सडक विभाग हेभी इक्विपमेन्ट डिभिजन, पोखरा 

नयाँ वर्ष भन्नासाथ के कुरा क्लिक हुन्छ ?

नयाँ कुरा, नयाँ जोस, नयाँ उमङ्ग, अर्कै खाले फुर्ती अनि घुम्ने–रमाइलो गर्ने मौका । यो परिवारसित भेट्ने सुनौलो अवसर पनि हो ।   

नयाँ वर्षका योजना के छन् ?

अरु बेला हामीहरू कामको सिलसिलामा भिन्नाभिन्नै ठाउँमा हुन्छौं । अन्य काम थाती राखेर पनि नयाँ वर्षका दिन श्रीमान् र म भेटघाट गर्छौं । यो वर्ष विगतका नयाँ वर्षमा जस्तै श्रीमान् र छोरीसँग नगएको ठाउँमा घुम्न जाने योजना छ । 

नयाँ वर्षको अवसर पारेर संकल्प पनि लिनुहुन्छ ? 

नयाँ कुरा गर्न तथा आफूलाई परिमार्जन गर्न संकल्प लिने गरेकी छु । हरेकले संकल्प लिनुपर्छ । त्यसलाई शतप्रतिशत पूरा गर्न लागिपर्नुपर्छ । कतिपय अवस्थामा चाहँदाचाहँदै पनि सबै संकल्प पूरा हुँदैनन् । त्यसो भयो भन्दैमा संकल्प नै नलिने भन्ने हुँदैन । मेरा पनि कतिपय संकल्प पूरा भएका छैनन् ।

नयाँ वर्षमा तपाईंको योगदान कस्तो रहला ? 

सबैलाई जस्तै मलाई पनि आफ्नो कर्म क्षेत्र राम्रो बनाउने इच्छा छ । यो वर्ष आफ्नो पदभन्दा माथि जाने परीक्षा छ त्यसमा सहभागी हुन्छु । अन्य महिला दिदीबहिनीलाई पनि यो स्थानमा आउन मार्गदर्शक बन्नेछु । आफूले गर्ने काममा पहिले जस्तै सदैव कटिबद्ध हुनेछु । नयाँ कुरा तथा तालिममा सहभागी भएर थप परिमार्जित हुनेछु । 

 

 Image