प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
सविता लामिछाने, मिसेज नेपाल इन्टरनेसनल–२०१५
नयाँ वर्ष भन्नासाथ के कुराको सम्झना हुन्छ ?
नयाँ वर्ष केही नयाँ गर्ने उत्सव हो । नयाँ वर्षको अवसर पारेर विगतमा के–कति उपलब्धि हासिल गरियो भन्ने कुराको लेखाजोखा गर्छु । त्यति मात्र होइन असफलता एवं कमी–कमजोरीको पनि समीक्षा गर्ने सुनौलो अवसर हो–नयाँ वर्ष । यसको पूर्वसन्ध्यामा वर्षभरि डायरीमा कोरेका कुराहरू हेर्छु । नयाँ वर्षकै अवसर पारेर नयाँ वर्षभरि गर्ने कामको योजना बनाउँछु ।
नयाँ वर्षका योजना के–के छन् ?
नयाँ वर्षका दिन परिवारसँग बसेर रमाइलो गर्ने, घुम्न जाने योजना छ । त्यसो त २०७२ साल मेरा लागि विशेष रह्यो । मिसेज नेपाल इन्टरनेसनल–२०१५ यही वर्ष भयो । यसको विजेता भएपछि ममा आत्मविश्वास जाग्यो भने मैले नयाँ–नयाँ पहिचान पनि पाएँ, नयाँ काम गर्ने अवसर पाएँ । यो वर्ष मिसेज नेपालमा सहभागी हामी सबै प्रतियोगी मिलेर ‘बाल विवाह तथा दाइजो प्रथा उन्मूलन’ संस्था संचालन गर्ने योजनामा छौं । यस्तै समाजसेवाका अन्य क्षेत्रमा पनि संलग्न हुने योजना छ ।
नयाँ वर्षको व्यक्तिगत संकल्प के छ ?
समाजसेवाको क्षेत्रमा केही न केही गर्छु । आफूलाई थप परिमार्जित गर्छु ।
नयाँ सालको नयाँ बिहानीमा नारीका पाठकलाई के सन्देश दिनुहुन्छ ?
नयाँ वर्षमा आफूलाई अझ बढी निखार ल्याउने प्रण गर्नुपर्छ । नयाँ दिन, नयाँ बिहानीसँगै प्रत्येक मानिसको जीवनमा खुसीको बहार आओस् । सकारात्मक सोचौं, आफूले आफैंलाई चिनौं । समाजको हित हुने कुनै न कुनै उदाहरणीय काम गरौं ।