Successfully Copied

यसपटकको मिस नेपाल

मिस नेपाल हुनु पूर्वदेखि नै धेरैले मिस नेपाल को हुने हुन् अनुमान लगाइरहेका थिए । ।।।

मिस नेपाल हुनु पूर्वदेखि नै धेरैले मिस नेपाल को हुने हुन् अनुमान लगाइरहेका थिए । यसपटक १९ प्रतियोगीमध्ये धेरैको अनुमानमा परेकी अश्मि श्रेष्ठ नै उपाधि हात पार्न सफल भइन् ।  हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपाल यसपटक पनि अन्नपूर्ण होटलमा सम्पन्न भयो । कार्यक्रमको स्टेज तथा ब्याकग्राउन्ड पनि पहिलेभन्दा बढी आकर्षक थियो । कार्यक्रमको सुरुवात भूकम्पले क्षति पुर्‍याएका नेपाली राष्ट्रिय सम्पदाहरूको डकुमेन्ट्री देखाएर भएको थियो । सुप्रिया तुलाधर एवं सञ्जय गुप्ताले सञ्चालन गरेको प्रतियोगितामा रातो गाउन लगाएका १९ जना युवती नेपाली झन्डा बोकेर र्‍याम्पमा उत्रिएका थिए । कार्यक्रममा स्नेहा राज्यलक्ष्मी राणा, नवीना लामा, सचिन श्रेष्ठ, संगीता श्रेष्ठ, बबिता बस्नेत, लक्ष्मण हुमागार्इं, इन्दिरा जोशी तथा जीवन लुइँटेल निर्णायक थिए भने साहित्यकार राजेन्द्र थापा प्रमुख निर्णायक । उत्तम क्रियसन एवं आकर्षण बुटिकका पहिरन, सोफी र विदिशा शाक्यको मेकअप तथा विगेन तामाङको हेयरस्टाइलमा प्रतियोगीहरू र्‍याम्पमा उत्रिएका थिए । उक्त इभेन्टकी संयोजक शुभेच्छा खड्का थिइन् भने जश्मिन फिटनेसले फिटनेसको प्रशिक्षण दिएको थियो  कार्यक्रममा सन् १९९४ देखि मिस नेपालको कोरियोग्राफी गर्दै आएकी रचना गुरुङ शर्माले नै कोरियोग्राफी गरेकी थिइन् । कार्यक्रमको बीचमा काठमाडौं ज्याज कन्भेन्सले दिएको सांगीतिक प्रस्तुति निकै आकर्षक रह्यो । प्री–जजिङबाट उत्कृष्ट १० छानिएपछि पब्लिक च्वाइसमार्फत मिस बब्ली आयुष्मा श्रेष्ठलाई पनि समावेश गरी उत्कृष्ट ११ जनालाई प्रश्नोत्तर राउन्डमा समावेश गरियो । कार्यक्रममा निर्णायहरूको घुमाउरो तथा अल्मलिने खालका प्रश्नमा पनि प्रतियोगीहरूले स्पष्ट तथा सुन्दर उत्तर दिएका थिए । उत्कृष्ट ५ मा नम्रता श्रेष्ठ, वर्षा लेखी, रोशनी खत्री, अश्मि श्रेष्ठ तथा सिर्जना रेग्मी छानिए । ती ५ जना प्रतिस्पर्धीलाई प्रमुख निर्णायक साहित्यकार राजेन्द्र थापाले महिलाहरूलाई आरक्षण चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्न सोधेका थिए ।  चितवनकी अश्मि श्रेष्ठले मुलुकका तीन प्रमुख ओहदामा महिलाहरू रहेको उदाहरण दिँदै आरक्षण नचाहिने जवाफ दिएकी थिइन् । त्यही उत्तरबाटै अश्मि मिस नेपालको उपाधि जित्न सफल भइन् । उनले हीराको क्राउनसहित १ लाख रुपैयाँ, स्कुटर, एयर टिकट तथा स्मार्टफोन प्राप्त गरिन् । अश्मिले आगामी मिस वल्र्डमा सहभागिता जनाउनेछिन् । अश्मिले मिस नेपाल वल्र्डका साथै मिस फोटोजेनिक, दि काठमाडौं पोस्ट इन्टेलेक्चुअल एवं बेस्ट इभिनिङ गाउन गरी तीनवटा सब टाइटल अवार्ड पनि हात पारिन् । त्यस्तै ललितपुरकी २० वर्षीया रोशनी खत्री मिस नेपाल अर्थ घोषित भइन् । आफ्नो नाम घोषणा हुनासाथ भक्कानिएर रोएकी खत्रीले मिस कन्फिडेन्ट तथा मिस पर्सनालिटीको सब टाइटलसमेत हात पारिन् । उनले हीराको क्राउनका साथमा ७५ हजार रुपैयाँ तथा मिस अर्थमा भाग लिने अवसर प्राप्त गरेकी छिन् । त्यस्तै सप्तरीकी वर्षा लेखीले मिस नेपाल इन्टरनेसलको उपाधि जितिन् । उनले हीराको क्राउन, ५० हजार रुपैयाँ तथा मिस अर्थमा सहभागी हुने अवसर प्राप्त गरिन् । 

बक्स

मिस नेपाल वल्र्ड अश्मि श्रेष्ठ : डाइमण्ड क्राउन, १ लाख रुपैयाँ, स्कुटर, एयर टिकट

मिस नेपाल अर्थ रोशनी खत्री : डाइमण्ड क्राउन, ७५ हजार रुपैयाँ

मिस नेपाल इन्टरनेसनल वर्षा लेखी : डाइमण्ड क्राउन, ५० हजार रुपैयाँ

फ्यान्टा मिस बब्ली पपुलर च्वाइस आयुष्मा श्रेष्ठ : ५० हजार रुपैयाँ

मिस ट्यालेन्ट : सिर्जना रेग्मी 

मिस स्कलर अफ द इयर : प्रेरणा अधिकारी

मिस फ्रेण्डसिप : अंशु केसी 

मिस फोटोजेनिक : अश्मि श्रेष्ठ

मिस इन्टलेक्चुअल : अश्मि श्रेष्ठ

मिस फेसिनो : आस्मा केसी

मिस एथलेटिक्स : आश्मा केसी

मिस ब्युटिफुल स्किन : प्रेरणा अधिकारी

सेफ्टी मिस कन्फिडेन्ट : रोशनी खत्री

मिस पर्सनालिटी : रोशनी खत्री

मिस बेस्ट गाउन : अश्मि श्रेष्ठ

इभाना ब्युटी अफ द परपोज : प्रतिभा दवाडी

 Image