Successfully Copied

हाइड एन्ड सिकको शाखा

विगत ३ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हाइड एन्ड सिकले आफ्नो अर्को शाखा ट्याङ्ला फाँटमा विस्तार गरेको छ ।

विगत ३ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हाइड एन्ड सिकले आफ्नो अर्को शाखा ट्याङ्ला फाँटमा विस्तार गरेको छ । यहाँ शिक्षा मात्र होइन, लर्निङ टुडे, लिडिङ टुमारो भन्दै कीर्तिपुर (ट्यांगला फाँटमा हाइड एन्ड सिक किन्डर गार्डेनले आफ्नो शाखा विस्तार गरेको छ । लामो समयदेखि संचालनमा आएको हाइड एन्ड सिक किन्डर गार्डेनले ट्याङ्ला फाँटजस्तो ठाउँमा शाखा विस्तार गर्नुमा आफूहरूले अभिभाकहरूलाई राम्रो सेवा प्रदान गर्नु रहेको हाइड एन्ड सिकका अध्यक्ष चण्डिकाप्रसाद भट्टले बताए । बालबालिकाहरूलाई शिक्षा दिने तर कसरी दिने भन्ने कुरामा अझै पनि परिवर्तन हुन नसकेको वक्ताहरूले बताएका छन् । शिक्षालाई घोकन्ते नभएर प्रयोगमा ल्याएर दिनुपर्ने पनि उनीहरूले बताएका छन् । लामो समयदेखि राम्रो शिक्षासँगै बालबालिकालाई दिँदै आएकोमा हाइड एन्ड सिकले आगामी दिनमा पनि त्यसरी नै दिइ नै रहने हाइड एन्ड सिककी प्रधानाध्यापक कुमुद भट्टले बताइन् । मन्टेश्वरी शिक्षा प्रणाली बालबालिकाहरूको मनोभावलाई मध्यनजर गरेर तयार गरिएको हो । यो प्रयोगात्मक भएकाले बालबालिकाहरूलाई सिकाउन सजिलो हुन्छ । यो पद्धतिमा क्रियाकलाप अधिक हुन्छ । बालबालिहरूले  आफ्नो उमेरअनुसार खेली–खेली सिक्छन् । जसलाई उनीहरूले जीवनभर नभुली आफ्नो जीवनमा अवलम्बन गर्न सक्छन्, उनले बताइन्— उद्घाटन समाहरोमा पहिलो बच्चा भर्ना गर्ने अभिभावकलाई सम्मान गरिएको थियो । त्यसैबीच नारी अनलाइनकी कोर्डिनेटर झरना अधिकारीलाई पनि लामो समय पत्रकारितासँगै समाजसेवा गरेको भन्दै सम्मान गरिएको छ । हाइड एन्ड सिकको उद्घाटन रिबन काटेर अधिकारीले गरेकी थिइन् । हाइड एन्ड सिकमा कुमुद भट्ट, इन्दिरा गौतम, सिन्दु जागरी, प्रवीणा तिमल्सीना र सविता महर्जनको सामूहिक लगानि छ । हाल हाइड एन्ड सिकको पुरानो शाखामा १ सय ५० विद्यार्थी अध्यापन गरिरहेका छन् ।  २०७२ सालमा हाइड एन्ड सिक ट्रेनिङ सेन्टरबाट ९८ जना महिला दिदीबहिनीहरू पास आउट भएका छन् ।  बालमैत्री वातावरण तथा तालिमप्राप्त कर्मचारीहरूका कारण बालबालिकाहरूले सहज तरिकाले सिकाएको कुरा सजिलै सिक्न सक्छन् ।

तस्वीर : वर्षा शाह 

 Image