छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?

कुनै पार्टीमा एकदमै फेसनेबल भएर इन्जोय गर्न जानुभएको छ, त्यहाँ कसैले कमेन्ट गर्यो, ‘तपाईंको मुहारमा त रिङ्कल्स देखिँदैछ नि †’ यस्तो स्थितिमा जोकसैको मुड खराब हुनसक्छ र पार्टी छोडेर घर फर्कन मन लाग्छ । अब घरबाहिर जाने, कतै निस्कने मन हुँदैन । मनले सोच्न थाल्छ, ती दिन कति राम्रा थिए, जब उमेर मात्र २० वर्ष थियो, तब छाला कति कोमल थियो ? अनुहारमा चमक र आकर्षण थियो । अहिले समस्यै समस्या, के म यति चाँडै बूढी भएँ त ? भन्ने प्रश्न उठ्नु पनि स्वाभाविक हो । ३० वर्षको उमेर पार गर्दा नगर्दै अनुहारमा रिङ्कल्स, फाइन लाइन्स, एज स्पट्ज, सन ड्यामेज आदि विभिन्न एजिङ समस्या देखा पर्न थाल्छन् अर्थात् ३० को उमेरसँगै एजिङको लक्षण देखा पर्न थाल्छ । यो लक्षण पहिले हात, घाँटी र त्यसपछि मुहारमा देखिन्छ । एक शोधअनुसार छालाको राम्रोसँग हेरचाह गरे सधैं सुन्दर एवं आकर्षक देखिन सकिन्छ ।
एजिङ समस्याको कारण
तनावयुक्त जीवनशैली : भागदौडको यो संसारमा हामी तनावयुक्त जीवन जिउँछौं । तनावका कारण मांसपेशी तन्किन्छ र चिन्ताका रेखा मुहारमा देखिन थाल्छन् ।
निद्राको कमी : व्यस्तताका कारण पनि हाम्रो निद्रामा कमी आउन थालेको छ । निद्रा नलाग्नु पनि उमेरकै प्रभाव हो ।
धूम्रपान वा मद्यपानको सेवन : अहिले धूम्रपान र मद्यपान फेसन नै भएको छ । यी दुवैले हाम्रो स्वास्थ्यमा प्रभाव पार्नुका साथै एजिङको समस्या पनि जन्माउँछन् । मद्यपानले छालामा स–साना रक्तवाहिका तथा छालाको सतह नजिक रक्तको प्रवाह बढाउँछ, जसले गर्दा एजिङको प्रभाव देखा पर्छ । धूम्रपानको धूवाँले छालामा रिङ्कल तथा सुख्खापन बढाउँछ ।
पानीको कमी : प्रशस्त मात्रामा पानी पिउनु छालाका लागि फाइदाजनक हुँदाहुँदै हामी पानी कम र कोल्ड ड्रिंक्स बढी पिउँछौं । पानीको कमीबाट सुख्खा छाला बेजान हुन्छ जसका कारण एजिङको समस्या सुरु हुन्छ ।
गलत खानपान : एजिङको समस्याका लागि हाम्रो गलत खानपान पनि उत्तिकै जिम्मेवार छ । हामी हरिया सागपात र फलफूलको साटो फास्टफुड खान रुचाउँछौंं । घरमा पनि मसलेदार भोजन नै सेवन गर्न मन पराउँछौं जसले गर्दा हाम्रो स्वास्थ्यका साथै छालामा पनि असर पर्छ ।
बिदा गरौं एजिङलाई
आफ्नो छालालाई प्रेम गर्न सिक्नुपर्छ । छाला सुन्दर बनाउन प्राकृतिक उत्पादन सिया बटर प्रयोग गर्नुपर्छ । यसले स्किन टोनलाई एक समान बनाउँछ । एक्नेका लागि रोजमेरी ओयल, सुन्निएको एक्नेका लागि टी ट्री ओयल प्रयोग गर्न सकिन्छ । सातामा तीन पटकभन्दा बढी आफ्नो छालालाई एक्सफोलियट गर्नुहुँदैन । बिहान सधैं चिसो पानीले अनुहार धोएर क्लिन्जर प्रयोग गर्नुपर्छ ।
सन्तुलित आहार सेवन गर्दा छाला सुन्दर तथा आकर्षक देखिन्छ । ३० वर्षपछि पनि छालालाई स्वस्थ र सुन्दर राख्न चाहने हो भने सन्तुलित भोजन गर्नुपर्छ ।
पर्याप्त मात्रामा फलफूल तथा हरिया सागपात खानुपर्छ । यी भिटामिन ए, बी, सी र ईका साथै सौन्दर्य स्वास्थ्यका राम्रा स्रोत हुन् । भिटामिन ए र बी छालाको कोषिका विकसित गर्न सहयोगी हुन्छन् जसले गर्दा छालाको चमक कायम रहन्छ ।
पानीले शरीरका विषालु पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । त्यसैले छालालाई हाइड्रेट गर्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । यसबाट छाला चाउरी पर्न पाउँदैन ।
छालालाई जवान राख्न चाहने हो भने धूम्रपान गर्नु हुँदैन, कारण त्यसबाट छालालाई नोक्सान हुन्छ ।
योग र ध्यान गर्नु लाभदायक हुन्छ । यसबाट तनावबाट टाढा रहन सकिन्छ । सनस्क्रिनको प्रयोग नगर्ने हो भने आफ्नो स्किन टोनअनुसार फाउन्डेसन प्रयोग गर्न सकिन्छ ।
भरसक छालालाई फाइदा हुने केमिकल नभएको प्रोडक्ट छनोट गर्नुपर्छ । मेन्थल, लेमन तथा लाइम भएका प्रोडक्टबाट बच्नुपर्छ ।
छाला सुख्खा भए राम्रो खालको मोस्चराइजर प्रयोग गर्नुपर्छ । कारण यस्तो छालामा एजिङको लक्षण चाँडै देखा पर्छ ।
आफ्नो तौल नियन्त्रण गर्नुपर्छ । बारम्बार तौल घटाउने–बढाउने काम गर्नु हुँदैन ।
रिङ्कलमा एल्फा हाइड्रोक्सिल क्लिन्जर तथा लोसन लगाउनुपर्छ । यसबाट छालामा भएका दाग–धब्बा विस्तारै कम हुँदै जान्छन् ।
सुत्नुभन्दा पहिले भिटामिन ई वा एलोबेरायुक्त नाइट क्रिम लगाउनुपर्छ ।
फेसन लोसन वा एन्टी एजिङ क्रिम प्रयोग गर्न सकिन्छ तर दुवैको प्रयोग एकसाथ गर्नुहुँदैन ।
–रोजिन शाक्य