‘डग सो’ को रौनक
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।

प्रकृतिको अनुपम सुन्दर उपहार हो–फूल । फूल हेर्नासाथ हामी त्यसै प्रफुल्ल हुन्छौं । त्यसैले त जीवनका सबै दु:ख, तनाव बिर्सिएर एकैछिन भए पनि रमाउन अनि घरको शोभा बढाउन हामी घरको बार्दलीदेखि बगैंचासम्ममा फूल रोप्छौं । फूलले हामीमा खुसी बाँड्छ, उमङ्ग बाँड्छ, उत्साह बाँड्छ । त्यसैले त कसैलाई शुभकामना वा बधाई दिनुपर्दा हामी मनमोहक फूलको बुके थमाउँछौं । देवीदेवतालाई प्रसन्न बनाउन होस् वा घर–कोठा सजाउन फूलकै प्रयोग गरिन्छ । कुनै पार्टी, उत्सव वा भोज–भतेरमा आगन्तुकलाई फूलको सजावटले प्रसन्न तुल्याउँछ ।
कतिपय मानिस यस्ता हुन्छन् जो फूलको वरिपरि झुम्मिन मात्र होइन, रोप्न, स्याहार्न तथा सजाउन चाहन्छन् । त्यस्तै करियरको राम्रो विकल्प हो–फ्लोरिकल्चर । यो थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने क्षेत्र हो ।
नेपालमा सन् १९५४ मा ‘नेपाल प्राइभेट नर्सरी’ सञ्चालनमा आएपछि औपचारिक रूपमा फूल खेती प्रारम्भ भएको मानिन्छ । यहाँ अहिले थुप्रैले व्यावसायिक फूल खेती गरिरहेका छन् । विवाह, भोजदेखि तिहार, छठ, भ्यालेनटाइन डे आदि अवसरमा फूलको बढी खपत हुने गरेको छ । तिहारमा मात्र करोडौंको सयपत्री फूलको कारोबार हुने गरेको छ । भ्यालेनटाइन डेको अवसरमा रातो गुलाफको माग धान्न विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । निजी घरमा समेत बगैंचा बनाउने वा घरभित्रै इन्डोर प्लान्ट राख्ने चलन बढेको छ । यसरी हेर्दा फूलको बजार निकै फराकिलो एवं सम्भावनायुक्त भएको बुझ्न सकिन्छ ।
के हो फ्लोरिकल्चर ?
फूल उत्पादन, त्यसलाई लामो समयसम्म सुरक्षित राख्ने, गुणस्तरीय बनाउने, ठूलो आकारमा फुलाउने, उपयुक्त कटिङ गर्नेजस्ता कुरा यसभित्र पर्छन् । साथै कुन फूल बीउबाट उत्पादन गर्ने र कुन फूल हाँगाको कटिङबाट उत्पादन गर्न सकिन्छ भन्ने कुराको आधारभूत ज्ञान दिइन्छ । बेमौसमी फूल उत्पादन, संरक्षणजस्ता यावत् विषय फ्लोरिकल्चरअन्तर्गत पर्छन् । जो यस क्षेत्रमा आफ्नो भाग्य बनाउन चाहन्छन् उनीहरूका लागि फूल उत्पादन, भण्डारण, सजावटसम्बन्धी अनुभव हुनुपर्छ ।
रोजगारीको अवसर
फ्लोरिकल्चरमा ज्ञान तथा अनुभव हुनेहरूले स्वरोजगार सिर्जना गर्न सक्छन् । सरकारी तथा गैरसरकारी क्षेत्रमा पनि यस्ता जनशक्ति खपत हुने गरेका छन् । फ्लोरिकल्चरअन्तर्गत फ्लोर डिजाइनर, ल्यान्डस्केप डिजाइनर, फ्लोरिकल्चर थेरापिस्ट, फर्म वा स्टेट प्रबन्धक, प्लान्टेसन विज्ञ, प्रोजेक्ट संचालक आदि क्षेत्रमा काम गर्न सकिन्छ ।
फ्लोरिकल्चरमा फूलको खेती गरेर त्यसलाई घरेलु बजारका साथसाथै विदेशमा निर्यात गर्न सकिन्छ । आफ्नै नर्सरी बनाएर फूल तथा बिरुवा उत्पादन गरी बिक्री गर्न सकिन्छ । फूल उत्पादनसम्बन्धी परामर्श दिएर पनि आय आर्जन गर्न सकिन्छ ।
अहिले निजी घरदेखि सार्वजनिक स्थल, सपिङ सेन्टर, होटल, अस्पताल, बैंक आदिमा फूलको आकर्षक बगैंचा बनाउने चलन छ । यी क्षेत्रको भूगोल र संरचनाको बनावटअनुसार बगैंचा निर्माण गरेर पनि कमाइ गर्न सकिन्छ । यसरी फूलको बगैंचा निर्माण गर्दा धेरै फूल र सजावटका सामग्रीहरूको खपत हुन्छ । ती सामग्रीलाई कसरी सजाउने, सिजनल फूल कसरी लगाउने वा सदाबहार फूल कस्तो ठाउँमा रोप्ने भन्ने कुराको ज्ञान हुनुपर्छ । बगैंचामा लगाइएको फूल कसरी स्याहार्ने, कसरी सिंचाइ गर्ने, फूललाई कसरी सुरक्षित तरिकाले फुलाउने आदि कुराको परामर्श दिनुपर्छ ।
फूल खेती
भूगोलको हिसाबले नेपालको जुनसुकै ठाउँमा पनि फूल खेती गर्न सकिन्छ । अहिले नेपालमा ६ हजार ५ सय प्रजातिका फूल पाइन्छन् । विश्वमै दुर्लभ मानिएका करिब २ सय ८५ प्रजातिका फूल नेपालमा मात्र पाइने एक अध्ययनले देखाएको छ । यहाँ अर्किड, सयपत्री, गोदावरी, जिरेनियम, रेनन क्लाउज, स्वीट, विलियम, डेहलिया, लुपिन, वेरबना, कासमांस आदि जातका फूल उत्पादन गर्न सकिन्छ । यसका साथै गुलाफको प्रजातिमा चाइना मेन, मेट्रोकोनिया फस्र्ट प्रायज, आइसबर्ग र ओक्लोहामा आदि नयाँ प्रजातिका फूल लगाउन सकिन्छ । मोगरा, रातकी रानी, मोतिया, जुही आदि फूलको पनि राम्रो माग छ ।