विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।

काठमाडौंको भृकुटीमण्डपमा बिहिवारदेखि जारी चार दिनसम्म चल्ने १९ औं पुष्प मेला
फ्लोरिकल्चर एशोसियशनले आयोजना गरेका हो । ‘स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ गरिएको एक्स्पोमा ६४ वटा स्टल छन् । मौसमी फूल, आलंकारिक बोटविरुवा, कट फ्लावर, सुनाखरी, थोपा सिंचाइ प्रविधि लगायतका स्टल छन् । नेपालमा हाल विभिन्न ३८ वटा जिल्लामा १ सय ४१ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा फूलको खेती भइरहेको छ । गत आर्थिक वर्ष नेपालमा १ अर्ब ३४ करोड १३ लाख ७५ हजार रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । त्यसमध्ये १० करोड बराबरका फूल र फूलजन्य वस्तु भारत लगायतका मुलुकबाट आयात गरिएका हुन् ।