मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
सभामुख ओनसरी घर्तीले नेपालको संविधानले महिलासम्बन्धी धेरै विषयलाई सम्बोधन गरेको बताएकी छिन् । गत महिना डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै घर्तीले भनिन्–‘नयाँ संविधान पूर्णरूपमा कार्यान्वयन भएको दिन यो देशमा छोरी भएर जन्मिएका कारण म पछि परेकी हुँ भनेर कसैले पनि बाधा–विरोध सहेर बस्नु पर्दैन ।’ नेपालको संविधानले नेपाली महिलाका लागि उज्ज्वल भविष्यको मार्ग कोरिसकेकाले छोरीलाई अघि बढ्ने सन्दर्भमा अब कसैले पनि रोक्न र छेक्न नसक्ने बताउँदै सभामुखले भनिन्–‘अघिल्लो पुस्ताका महिलाले गरेको आन्दोलन र योगदानको परिणामस्वरूप अहिले राष्ट्रपति तथा सभामुखमा महिलालाई पाएका छौँ, त्यसले महिलाहरूको सपना पूरा भएको छ ।’ दुई महिला उच्च पदमा पुग्नेबित्तिकै सबै महिलाको जीवनस्तरमा छुमन्तरको ढङ्गबाट परिवर्तन नहुने भए पनि चुल्होचौकाको जिम्मेवारीबाट बाहिर निस्कन उत्साह एवं हौसला प्राप्त हुनुका साथै धावा बोल्ने साहस मिलेको घर्तीको भनाइ थियो ।