‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
आउटलेट : थापागाउँ, नयाँबानेश्वर
विशेषता : बलिया तथा विविध प्रकारका जुत्ता तथा ब्यागका लागि उपयुक्त गन्तव्य ।
जुत्ता एवं ब्यागलाई महिलाहरूको वैभवको प्रतीक मानिन्छ तसर्थ राम्रो जुत्ता तथा ब्याग बोक्नु हरेक महिलाको चाहना हुन्छ । अहिले पहिरनअनुसार म्याचिङ गरी ब्याग एवं जुत्ता लगाउने चलन छ । त्यसैले अहिले धेरैका घरमा यस्ता एसेसरिजको राम्रो संकलन हुन्छ । फेसनप्रेमी महिलाका लागि भर्खरै खुलेको दिपाज ब्याग एण्ड सुज सबैका लागि उपयुक्त गन्तव्य साबित हुनसक्छ । भारतबाट आयात गरिएका यहाँका सामग्रीहरू सक्कली तथा बढी टिकाउ हुने संचालिका दीपा थापा बताउँछिन् । यहाँ विभिन्न रंग तथा शैलीका ब्याग तथा जुत्ता उपलब्ध छन् । यहाँका जुत्ता लगाउन सजिला हुनुका साथै लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।