Successfully Copied

युरो किड्स

युरो किड्सले छोटो समयमै लोकप्रियता हासिल गरिसकेको छ । यो अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको अन्तर्राष्ट्रिय प्रि–स्कुल चेन हो । यसले आफ्नो अपरेसन २००१ मा सुरु गरेको हो । अहिले विश्वभर यसका ८ सय ७५ वटा शाखा छन् ।

युरो किड्सले छोटो समयमै लोकप्रियता हासिल गरिसकेको छ । यो अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको अन्तर्राष्ट्रिय प्रि–स्कुल चेन हो । यसले आफ्नो अपरेसन २००१ मा सुरु गरेको हो । अहिले विश्वभर यसका ८ सय ७५ वटा शाखा छन् । युरो किड्सका नेपालमा मात्र १२ वटा शाखा छन् । सन् २००१ मा दुईवटा शाखाबाट यसको सुरुवात भएको हो । यसका सबै शाखा अध्यापनका लागि सम्पूर्ण पूर्वाधारयुक्त छन् । युरो किड्सको परिसरमा बालमैत्री वातावरण तयार गर्न बालबालिकाहरूले मन पराउने रंग प्रयोग गरिएको छ । उत्कृष्ट संरचनायुक्त युरो किड्सको हातामा बालबालिकाहरू खेल्न सक्ने पर्याप्त खेल मैदान पनि छन् । सबै शिक्षक–शिक्षिका बालबालिकाहरूको मनोभाव बुझ्न तथा उनीहरूलाई राम्रोसँग सिकाउन दक्ष छन् । मौसमअनुसार बालबालिकालाई दैनिक तीन पटक खाना प्रदान गरिन्छ । यहाँ राम्रोसँग शोध गरिएको सबैभन्दा पुरानो पाठ्यक्रमअनुसार अध्यापन गराइन्छ । हरेक कक्षामा १ शिक्षक १ जना असिस्टेन्ट शिक्षक तथा १ जना सिस्टर राखिन्छ । यहाँका हरेक पक्ष बालबालिकाहरूले मन पराउने खालका छन् । यहाँ लर्निङ विथ फनको अवधारणाअनुसार अध्यापन गराइन्छ जसले गर्दा हरेक थिम तथा बुझाइ निकै रमाइलोसँग सम्पन्न हुन्छ । बालबालिकाहरूको विकासका लागि डिस्कभरी रुम तथा जिम रुमको पनि व्यवस्था गरिएको छ । यहाँको अध्यापनले बालबालिकाहरू किताबी कीरा मात्र नभई यो संसारमा आफूलाई स्थापित गराएर जिउन सक्ने हुन्छन् । उनीहरूमा आत्मविश्वास तथा जस्तोसुकै चुनौतीसँग लड्न सक्ने क्षमता विकसित हुन्छ । बालबालिकाहरूका लागि समय–समयमा डेन्टल चेकअप तथा मेडिकल चेकअप पनि गरिन्छ । अतिरिक्त क्रियाकलापअन्तर्गत बालबालिकाहरूलाई नृत्य, संगीत, अभिनय, शैक्षिक भ्रमण, प्रोजेक्ट, लाइब्रेरी तथा वाककलामा सहभागी गराइन्छ । बालबालिकाहरूलाई पिक एन्ड ड्रपको व्यवस्था पनि छ । गर्मीमा बालबालिकाहरूले पौडीको मज्जा लिन सक्छन् । स्कुल बालबालिकाहरूको दोस्रो घर भएकाले उनीहरूले सुरक्षित र रमाइलो अनुभव गर्नुपर्छ भनेर यहाँका हरेक वातावरण त्यहीअनुरूप तयार गरिएको छ । हरेक पक्ष अन्तर्राष्ट्रिय स्तरयुक्त यो स्कुल बिहान ९ बजेदेखि ३ बजेसम्म संचालन हुन्छ । 

शैलजा अधिकारी, प्रिन्सिपल 

युरो स्कुल साना नानीहरूलाई राम्रोसँग हुर्काउन निकै सहयोगी छ । हरेक बालबालिका अनुपम हुन्छन् भन्ने अभिप्रायले उनीहरूप्रति सकारात्मक व्यवहार गर्दै अध्यापन गराइन्छ । यहाँ बालबालिकालाई गाइड गर्दै उनीहरूलाई एक्स्प्लोर गर्न सहयोग गरिन्छ । उनीहरूमा विद्यमान क्षमतालाई प्रस्फुटन गराउन प्रोत्साहित गरिन्छ । यो उमेरमा सिकेको कुरा जीवनभर सम्झने कुरामा विश्वास गरी तालिम दिइन्छ । हरेक राम्रा व्यवहारको जानकारी दिइने भएकाले यहाँका नानीहरू निकै अनुशासित तथा शालीन छन् । यो स्कुल नानीहरूलाई राम्रो शिक्षा प्रदान गर्नुका साथै संस्कारी बनाउन पनि कटिबद्ध छ । 

 Image