Successfully Copied

प्रविधीेको फन्को

अहिले नेपालमा सुचना प्रविधी र ग्याजेटहरुको विकास तथा यसको पहुँच तिब्र गतिमा भएको कारणले ठूलो परिवर्तन आएको छ ।

एक दशक अघिसम्म एउटा फोटो खिचाउन स्टुडियो धाउनु पर्ने, वा घरमै रिलवाला क्यामेराले खिचेर स्टुडियोमा धुलाएर फोटो हेर्नुपथ्र्याे ।  तर अहिले नेपालमा सुचना प्रविधी र ग्याजेटहरुको विकास तथा यसको पहुँच तिब्र गतिमा भएको कारणले ठूलो परिवर्तन आएको छ । सुचना प्रविधीसंगै कम्प्युटर, इन्टरनेट, मोवाइल फोन, आइफोन तथा सामाजिक सञ्जालहरुले गर्दा हरेकको जीवनमा यो प्रविधि पनि अत्यावश्यक बन्दै गएको देखिन्छ । दुई दशक अघिसम्म पनि सम्भ्रान्तहरुको घरमा मात्र फोन हुन्थ्यो तर अहिले हरेक व्यक्तिको हातमा आफ्नो सुविधा, रुची र गच्छेअनुशारको मोवाइल फोन छन् । प्राय हरेकको फेसबुक तथा ट्वीटर जस्ता सामाजिक सजालको आइडी छन् । यी सामाजिक सञ्जालहरुले गर्दा पत्रपत्रिका, रेडियो र टेलिभिजन जस्ता मिडियाहरुलाई समाचारको हिसाबले नै पछाडी पारेको देखिन्छ । मोबाइलमा हुने क्यामेराहरुले गर्दा डिजिटल क्यामेराहरु बोक्ने झन्झट पनि हट्दै छ । केही घटनाहरु देखि हाल आफ्नो मोवाइलले खिचेर फेसबुकमा राखि दिने चलनले सञ्चार माध्यमभन्दा पहिले नै आम मान्छे माझ घटनाहरु सार्वजनिक भइसक्छ ।

अहिले आएर फेसबुकमा मान्छेहरु आफ्नो फोटो आफै सेल्फी मार्फत खिचेर राख्ने चलन पनि उत्तिकै बढ्दो छ । जसको कारण कुनै घटना, क्षणलाई क्याप्चर गर्नेलाई अरु कोही आवश्यक समेत हुँदैंन । कतै दुई जना घुम्न जाँदा तेस्रो पक्षलाई अनुरोध गरेर असहज मान्दै फोटो खिचाउने जमाना हराइ सकेको छ त्यही भएर आफुहरुलाई जस्तो गरेर फोटो खिच्न मनपर्छ त्यो सम्झव भएको छ । साथमा कति आफ्ना मन भित्र गुम्सेका अनुभृतीहरु पनि यस्ता सञ्जाल मार्फत बाहिर ल्याउनहरुको संख्या बढी छ । कति कविता, गीत, गजल त कति जीवनका अनुभृतीहरु । कतिपय यस्ता सञ्जालको मार्फतवाट आफ्नो व्यापार, व्यवसायललाई प्रमोशन समेत गर्ने सजिलो भएको बताउँछन् । कति गायक गायिकाहरु, कलाकारहरु आफ्नो फ्यानपेज बनाएर हजारौं लाइक बनाएर अपडेट भइ रहेको छ । जसले गर्दा मिडियामा आउनु भन्दा पहिले नै फेसबुक मार्फत परिचित बनि सकेको हुन्छ । 

हरेकको हातमा हुने मोवाइलवाट इन्टरनेटको सेवा लिएइर एप्पस मार्फत सबै समाचारहरु हेर्ने, युट्युबवाट आफुलाई रुची भएका गीत, चलचित्र डाउनलोड गरेर सुन्ने, हेर्नेहरु पनि उतिकै छ । गुगल मार्फत स्कूल, कलेजको पढाइका सामग्री देखि, जे चाहियो त्यसवारे जानकारी लिन सक्ने सुविधाले हिजोआज मानिसहरु इन्टरनेटमुखि बन्दै छन् । सानो नर्सरी पढ्ने नानीहरुदेखि वृद्धवृद्धासमेत सुचना प्रविधीमा रमेको देखिन्छ । प्री नर्सरीको बच्चहरुलाई पढाउने, लेखाउने शैली देखि लाइफ स६ाइल, फेशन, मेकअप ट्ेण्ड, स्वास्थका समस्याहरु सबै कम्प्युटर मार्फत पुरा हुने यो जमाना टेक्नोलोजीमय बन्दै छ । 

पहिले छोरा छोरी विदेश जाँदा वर्षमा एकपटक, दुईपटक चिठी मार्फत कुरा आदान प्रदान गर्न जमाना वाट थोरै समयको अवधीमै हरेक देशमा रहेका आफ्ना सन्तान संग मन चाहेकै बेला कुरा गर्ने सक्ने समय आएको छ । जसले गर्दा शरीर टाढा भए पनि कुरा गरेर, भिडिायो चाट गरेर नजिकको अनुभव गर्ने सक्छौं ।  

बक्स

सेलीना बज्राचार्य, बिजनेश वुमन

अहिले जमाना प्रविधिमय भएको छ । पहिले हामी टिनएज हुँदा मन्दिर घुम्ने, साथीहरुसंग घुम्ने, परिवारसंगै बस्ने गरिन्थ्यो तर अहिले जमानाले यति फन्को मारिसक्यो कि घरमा एक्लै हुँदा पनि टेक्नोलोजीसंग रमाएर बस्न सकिन्छ । हरेकको फेसबुक , ट्वीटर जस्ता सामाजिक सञ्जालहरु हुने भएकोले  त्यसमै घण्टौं भुल्नु सामान्य भैसकेको छ । त्यसमा विदेशीएका साथीभाइ, परिवारसंग कुरा गर्नुको साथमा आफुले चाहेको व्यक्तिको अपडेट हुन पनि त्यतिकै सहज बनेका छ । मेरो दुवै भाइ जापानमा बस्छ । पहिले उनीहरुसंग महिनामा एकपटक मुश्किलले कुरा गर्ने अवशर जुट्छ भने अहिले चाहेको हरेक पल संगै बसे जस्तै कुरा गर्ने सक्छौं, उनीहरुको क्रियाकलाप लाइभ हेर्ने सक्छौं । त्यति मात्र होइन मेरो दुवै छोरीहरु आफ्नो पढाइको लागि इन्टरनेटको सहयोग समेत लिएको पाउँछु । 

अदिति बुढाथोकी, मोडल

मलाई फोटो खिच्न सारै मनपर्छ । त्यसको लागि अहिले टेक्नोलोजीले धेरै हदसम्म सहयोग गरेको छ । मेरो बुटिकमा रहेको नयाँ क्रियशनहरु लगाएर आफै सेल्फी मार्फत फोटोहरु खिचेर फेसबुकमा अपलोड गरि रहेको हुन्छु । फेसबुकले गर्दा आउटलेटको विज्ञापन गर्नु जरुरी देख्दिन । मसंग लिंक भएकाहरुले मलाई इन बक्समा त्यो पहिरनको बारेमा सोधपुछ गर्नुहुन्छ र किन्न पुग्नु हुन्छ । यसरी हेर्दा टेक्नोलोजीले गर्दा जीव्न , सम्बन्ध र व्यापार व्यवसाय समेत राम्रो हुँदैछ । यो नै टेक्नोलोजीको प्लस प्वाइन्ट हो ।

पूर्णिमा प्रधानांग श्रेष्ठ, फेशन डिजाइनर

१० वर्ष अघिसम्म मैले टेक्नोलोजीले यसरी विकास गर्ने कुरा सोचेको पनि छैन । मैले आइसीमा फेशन डिजाइनजर पढ्दा फेसबुक, ट्वीटरको जमाना थिएन । तर आइटीको विकाससंगै यस्ता सामाजिक सञ्जालहरु बढे र मजस्ता डिजाइनरहरुलाई समेत धेरै फाइदा भएको छ । कस्तो डिजाइनहरु इन भएको छ, कस्तो कलर, फेब्रिक देखि मान्छेहरुसंग अपडेट हुने मौका पनि यसले दिलाएको छ । म आफ्नो डिजाइनहरु आफ्नै मोवाइलले खिचेर अपलोड गर्छु, परिवारसंगको रमाइला पलहरु सेयर गर्छु । आज यसो मोवाइल र इन्टरनेट विनाको जीवन कल्पना गर्दा सोच्नै सक्दिन । भन्ने नै हो भने हामी टेक्नोलोजीको पुरक बन्दै गएका छौं । 

–सिर्जना दुवाल श्रेष्ठ 

 Image